पशुपतिमा वत्ति बालेर पाप पखालिदैन - नेता रावल

युग संवाददाता     803 पटक पढिएको    

पशुपतिमा वत्ति बालेर पाप पखालिदैन - नेता रावल

 

धनगढी  नेकपाका प्रचण्ड माधव समूहका सुदूरपश्चिम इन्चार्ज भीम रावलले पशुपतिमा वत्ति बालेर पाप नपखालिने बताएका छन् ।

धनगढीमा आयोजित जनसभामा बोल्दै नेता रावलले भने बरु ओलीले संविधानको उलंघन गरेर प्रतिनिधि सभा विगठन गरे, जनतालाई विकास र राहत दिन सकेन भनेर माफ माग्दा राम्रो हुन्छ ।

उनले सुदूरका १६ मध्ये १४ सीट जित्दा मन्त्री नबनाउने, अहिले प्रतिनिधि सभा विघठन गरेपछि पार्टी फुटाउने अस्त्रकारुपमा सुदूरपश्चिमबाट मन्त्री बनाइएको बताए ।

तर ओलीले बनाएका वन मन्त्री देख्दा लालझाडी र वाह्रवनका रुख पनि काप्न थालेको चर्चा रावलले गरे । उनले ओलीले अदालतले पूर्जी काटेकालमाई मन्त्री बनाउने र पार्टीमा ल्याउदै राजनीतिक अपराधिकरण गरिरहेको बताए ।
नेता रावलले प्रधानमन्त्री ओलीले ७० करोड टेप काण्ड, ओम्नी प्रकरण, यति समूहलाई संरक्षण गरेको बताए ।



शनिबार १७, माघ २०७७ ०५:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.