ओलीले आफैंलाई खलनायकका रुपमा स्थापित गराए  प्रचण्ड

युग संवाददाता     824 पटक पढिएको    

ओलीले  आफैंलाई खलनायकका रुपमा स्थापित गराए  प्रचण्ड

 

धनगढी । नेकपाको प्रचण्ड माधव समूहका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले आफूले आफैंलाई खलनायक स्थापित गरेको बताएका छन् ।


प्रतिनिधिसभा विघटको विरुद्ध धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले आफूहरु धनगढीमा कमेडी सो गर्न र उखान टुक्का हाल्न नआएको तर मुलुकको स्थिरता जोगाउन चाहिं आएको बताए। 


सभामा उपस्थित जनसभालाई संकेत गर्दै उनले सुदूर पश्चिम झुक्दै झुक्दैन भन्ने सन्देश जनताको उपस्थितिले दिएको बताए ।

‘‘केपी ओलीले धनगढीमा आएर धेरै मानिस जम्मा पारेको भन्दै फुर्ति गरेका थिए तर आजको यो विशाल जनसभालाई देख्दा उनले गरेको कार्यक्रम फुच्चे बाउन्ने देखिएको छ’उनले भने । 

आफूलाई आधिकारिक भन्ने ओलीको पक्षमा स्थायी समिति र केन्द्रीय समितिका पदाधिकारीहरुमात्र नभएर जनताको साथ पनि कम भएको दावी गरे ।

‘केपी ओलीको केन्द्रीय कमिटीमा एक तिहाइ छैन, स्थायी कमिटीमा एक तिहाइ छैन। तपाईले आज सडकमा पनि एक तिहाईभन्दा कम हो भनेर देखाइदिनुभयो,’ उनले भने ।

मुलुकमा गणतन्त्र, संघीयता ल्याएपछि जनताले खोजेको स्थिरता दिन पार्टी एकता गरेको बताउँदै ओलीले त्यसमाथि प्रहार गरेको आरोप लगाए। एकजना व्यक्तिले चाहेको खण्डमा संसद् विघटन नहुने उनको भनाइ छ ।



शनिबार १७, माघ २०७७ ०५:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.