प्रधानमन्त्री केपी ओलीको पतन निश्चित छ -  अध्यक्ष नेपाल

युग संवाददाता     906 पटक पढिएको    

प्रधानमन्त्री केपी ओलीको पतन निश्चित छ -  अध्यक्ष नेपाल

 

धनगढी । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभाको पुनस्र्थापना र केपी ओलीको बहिर्गमनको विकल्प नरहेको बताएका छन् ।


नेकपा प्रचण्ड–माधव समूहले शनिबार धनगढीमा आयोजना गरेको बृहत विरोध सभामा अध्यक्ष नेपालले छिट्टै प्रतिनिधि सभा पुनस्र्थापना भई केपी ओलीको बहिर्गमन हुने बताएका हुन् । उनले प्रधानमन्त्री केपी ओली आफ्नै कर्टुटले गर्दा पतन हुने समेत बताए । ‘केपी ओलीको पतन निश्चित छ,’ उनले भने, ‘म्यादी प्रहरीमा भर्ना खुले जस्तै भर्ना खुलेको थियो । केन्द्रिय सदस्य भएर मख्ख परेका थिए । विचराहरुको टाइँ टाइँ ठिस् भयो । हिस्स बुढि खिस्स दाँत भयो । लाजले भुटुक्कै परेका होलान् । मास्कले नपुग्ने भए बुर्का पनि ओढाई दिनु ।’

ओली लोकतन्त्र स्थापनाको आन्दोलनमा नदेखिएको व्यक्ति रहेको बताउँदै अध्यक्ष नेपालले ओलीलाई लोकतन्त्रको मतलब नै नरहेको बताए । ‘देश भाँडमा जाओस्, केपीलाई मतलब छैन,’ उनले भने, ‘केपीले लोकतन्त्रको हत्या गरेका छन् । प्रतिनिधि सभा विघटन गरेर देशलाई प्रतिगमनमा धकेलेका छन् ।’

अध्यक्ष नेपालले तस्करलाई वनमन्त्री बनाएर केपी सरकारले वन सखाप पार्ने अभियान शुरु गरिसकेको बताए । उनले ओलीलाई गफाडी भन्दै नकारात्मक सोच मात्रै राख्ने गरेको बताए ।
उनले आधिकारिक पार्टी आफूहरुको रहेको बताउँदै ओलीपक्षमा गएर अन्धकार भविष्य नबनाउन कार्यकर्ताहरुलाई आग्रह गरे । ‘केपीको नक्कली पार्टी हो,’ अध्यक्ष नेपालले भने, ‘केपीको पार्टीमा जानु भएको छ भने तपाइँको भविष्य अन्धार छ । तपाईहरु फर्किहाल्नुस् । उज्यालो भविष्य हामीसंगै छ ।’

आफूहरुतिर नफर्किनेहरु केपीसंगै सति जाने बताउँदै उनले भने, ‘त्यसपछि हामीले केही गर्न सक्दैनौं । विचरा सति गएछ भन्छौं ।’ अध्यक्ष नेपालले राम्रोसंग पाटी र सरकार चलाउन नसकेको बताए । उनले केपी अब नसुध्रिने पनि बताए ।



शनिबार १७, माघ २०७७ ०५:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.