प्रधानमन्त्रीसहित चार पूर्व प्रधानन्यायाधीशलाई सर्वोच्चले बोलायो

युग संवाददाता     684 पटक पढिएको    

प्रधानमन्त्रीसहित चार पूर्व प्रधानन्यायाधीशलाई सर्वोच्चले बोलायो

 

हाम्रा कुराबाट
 १५ बिहिबार

काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार पूर्वप्रधानन्यायाधीश र एक जना पूर्वसभामुखलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।


न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहीबार प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, शुशीला कार्की र पूर्व सभामुख दमननाथ ढुंगानालाई सात दिनभित्र आफै लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।


प्रतिनिधिसभा विघटनको मुद्दामा जारी संवैधानिक इजलासमाथिको सुनुवाइमा सहभागी एक वकिललाई प्रधानमन्त्री ओलीले ‘बाजे वकिल’ लाई बहसमा सहभागी गराएर तमासा देखाएको भन्दै एक कार्यक्रममा अभिव्यक्ति दिएका थिए ।

यस्तै चार पूर्व प्रधान्नयायाधिशले भने वक्तव्य जारी गरे सरकारले गरेको संसद विघटनलाई असंवैधानिक कदम भनेका थिए । सोका बिरुद्ध अदालतमा मानहानीको फरक फरक मुद्दा दायर गरिएको थियो । अदालतम विचाराधीन मुद्दामा प्रभावित पार्ने गरि बोलेको भन्दै अलग अलग मुद्दा दर्ता भएका थिए ।



बिहिबार १५, माघ २०७७ ०७:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.