प्रतिनिधि सभा विघटन बिरुद्ध कांग्रेस, तेस्रो चरणको आन्दोलन घोषणा

युग संवाददाता     1007 पटक पढिएको    

प्रतिनिधि सभा विघटन बिरुद्ध कांग्रेस, तेस्रो चरणको आन्दोलन घोषणा


काठमाडौं माघ १३ । प्रतिनिधि सभा विघटन बिरुद्ध नेपाली कांग्रेसले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।  कांग्रेसले मंगलबार बसेको केन्द्रीय समिति बैठकमार्फत पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमको समीक्षा गर्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
कांग्रेस सहमहामन्त्री डा। प्रकाशसरण महतले सम्पन्न भइसकेका संघर्षका कार्यक्रमको समीक्षा गर्दै संसद विघटन बिरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जानकारी दिए ।


तेस्रो चरणका आन्दोलनमा भातृ तथा शुभेच्छुक संस्थालाई अघि सार्ने नीति कांग्रेसले लिएको छ ।  जसअनुसार १९ माघमा  भ्रातृ संस्थाको नेतृत्वमा ७७ वटै जिल्लमा प्रदर्शन हुने छ । यसैगरी २४ माघमा शुभेच्छुक संस्थाको नेतृत्वमा र ३० गते सबै जिल्लामा स्थानीय पार्टी तहकै नेतृत्वमा प्रदर्शन गर्ने निणर्य गरिएको सहमहामन्त्री महतले हाम्राकुरासँग भने । काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने संयुक्त आयोजना हुनेछ ।

यस अघि प्रतिनिधि सभा विघटन बिरुद्ध पहिलो चरण अन्तर्गत कांग्रेसले १३ पुसमा १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आन्दोलन गरेको थियो । यस्तै दोस्रो चरण अन्तर्गत २५ पुसमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्र ३ माघमा ७५३ स्थानीय तहका पालिकामा तथा ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन सहितका सभा गरेको थियो ।



मङ्गलबार १३, माघ २०७७ ०५:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.