कुन बार जन्मेका व्यक्ति हुन्छन् भाग्यमानी  जन्मबार अनुसार आफ्नो भाग्य जान्नुहोस्

Yugnepal     1298 पटक पढिएको    

कुन बार जन्मेका व्यक्ति हुन्छन् भाग्यमानी  जन्मबार अनुसार आफ्नो भाग्य जान्नुहोस्

कुन बार जन्मेका व्यक्ति हुन्छन् भाग्यमानी  जन्मबार अनुसार आफ्नो भाग्य जान्नुहोस् 
 

कुनै पनि व्यक्तिको जन्म सात बार मध्ये एक दिन हुने गर्छ। हरेकको जन्म बार र समयबाट जन्मकुण्डली बनाउने वा भविष्यवाणी गर्ने गरिन्छ। ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ।

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । यी ग्रहहरुले तपाईको आयआर्जनमा समेत प्रभाव पार्ने गर्छन। आज हामी तपाईहरुलाई कुन बार जन्मेकाले कति सम्पति कमाउन सक्छन भन्ने विषयमा बताउन जाँदै छौँ।

आईतबार:

आइतबार जन्मिने वव्यक्ति निकै भाग्यमानी हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता व्यक्ति कम बोल्ने र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने व्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुशी राख्न अधिक प्रयास गर्छन् ।

तर यस दिन जन्मेका व्यक्तिहरुलाई २० देखि २२ वर्षको उमेर सम्म दुःख कष्ट हुन् गर्छ । आइतबार जन्मिने महिला दान-पुण्य गर्ने र निकै चलाख हुने गर्छन। यिनीहरुले २२ वर्ष पछि अधिक धन लाभ गर्ने अवसर पाउने छन्।

सोमबार :

सोमबार जन्मिने व्यक्तिहरु बोलीमा निकै मिठासपन पाउन सकिन्छ । यस्ता व्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने व्यक्ति विध्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।

मंगलबार
मंगलबार जन्म भएका व्यक्तिहरु निकै भाग्यशाली र धनवान हुने गर्छन। तर यस दिन जन्मेका महिलाहरु भने निकै कठोर प्रकृतिका हुने गर्छन। यिनीहरुले छाला सम्बन्धि रोगको सामना गर्नुपर्ने हुनसक्छ।

बुधबार :

यस दिन जन्मेका व्यक्तिहरु धर्म कर्ममा साथै आफ्नो काममा निकै चासो दिने भएकाले प्रशस्त धन सम्पति संचित गर्ने अवसर मिल्नेछ। यिनीहरुलाई ८ र २२ वर्षको उमेरमा केहि रोग वा कष्ट पर्ने भएपनि जीवन सामान्य रहन सक्छ।

बिहिवार:

यस दिन जन्मिने पुरुषहरु निकै विध्वान र पराक्रमी हुने गर्छन। विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।तर ३० वर्ष उमेर नाघे पछि यिनीहरुको भाग्य खुल्ने र सोचेभन्दा बढी धन सम्पति कमाउने अवसर मिल्नेछ।


यस दिन जन्मिले व्यक्तिहरु निकै रोमान्चक स्वभावका हुन्छ। उनीहरुको मिठो स्वरले सबैको मन जित्न सफल हुनेगर्छन। यस बर जन्मिने व्यक्तिहरुलाई २० र २४ वर्षको उमेर मा दुख कष्ट पर्ने भएपनि आफ्नो कडा मेहेनत र परिश्रमको बावजुद प्रशस्त धन आर्जन गर्न सक्छन।

शनिबार 

शनिबार जन्म भएका प्राय: व्यक्तिहरु अर्काको नोकरी भन्दा पनि आफ्नै व्यापार गर्न रुचाउने गर्छन। यिनीहरुको बाल्यकाल केहि कष्टपूर्ण हुने भएपनि त्यसपश्चातको पुरै जीवन खुशी र सुखी बित्नेछ। यस दिन जन्मेका व्यक्तिहरुले २० ,२५ र ४५ वर्षको उमेरमा केही समस्याहरु सामना गर्नुपर्नेछ। यिनीहरु प्रशस्त धन आर्जन गर्न सफल हुनेछन्।

यो पनि पढ्नुस

हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ ।

दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने समयमा मोबाइल चलाउनु उचित नहुने अध्ययनले देखाएको थियो ।

तरपनि अधिकांश मानिसहरु फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु घण्टौँसम्म स्क्रोल गरेर मात्र निदाउने गर्दछन् । यही विषयमा अध्ययन गरिरहेका विज्ञहरुले अहिले यस्ता मानिसहरुमा तनाव, एक्लोपना, बाइपोलार डिस्अर्डर र व्यक्तित्वमा नकारात्मक असर जस्ता मानसिक रोगहरु देखा पर्ने दाबी गरेका छन् ।

वास्तवमा मोबाइलको प्रयोगका कारण मानिसहरुले पूरा निद्रा लिन नपाउने हुनाले शरीरको २४ घण्टे प्रणालीमा अवरोध आउने अध्ययनकर्ताहरुको भनाइ छ । युनिभर्सीटी अफ ग्लासगोका प्रोफेसरहरुले प्रकाशन गरेको ‘ल्यान्सेट साइकियाट्री’ अध्ययनमा नै पहिलोपटक यसले शरीरको दैनिक साइकलमा खराब प्रभाव पार्ने उल्लेख गरिएको थियो ।

यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् ।

त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् । उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ ।

मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।



शुक्रबार २२, चैत २०७५ ११:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.