नेपाली काँग्रेसका सभापति देउवालाई चीन भ्रमणको निम्तो

युग संवाददाता     781 पटक पढिएको    

नेपाली काँग्रेसका सभापति देउवालाई चीन भ्रमणको निम्तो

 

रासस

काठमाडौं ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरी चीन भ्रमणको निमन्त्रणा दिएको छ । पूर्वप्रधानमन्त्री देउवाको निवास बूढानीलकण्ठमा भएको भेटमा उपमन्त्री क्वोले आफूहरूले सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकी मनाउन लागेको जनाउँदै सो कार्यक्रमका लागि निमन्त्रणा दिए । 


उपमन्त्री क्वोले  काँग्रेससँग आफूहरुको राम्रो सम्बन्ध रहिआएको उल्लेख गर्दै सो पार्टी सरकारमा भए पनि नभए पनि प्रशंसनीय भूमिका रहेको बताए । उनले काँग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले चीनसँगको सम्बन्ध सुधारमा गर्नुभएको योगदानको प्रशंसासमेत गरे ।   उनीहरुबीच नेपाल र चीनका द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको भेटमा सहभागी सभापति देउवाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए ।



मङ्गलबार १४, पुष २०७७ ०५:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.