प्रधानमन्त्री केपी शर्मा ओली पतनको बाटोमा हिडे- नेता रावल

युग संवाददाता     1245 पटक पढिएको    

प्रधानमन्त्री केपी शर्मा ओली पतनको बाटोमा हिडे- नेता  रावल

धनगढी - नेकपा स्थायी कमिटि सदस्य एवं प्रचण्ड माधव समूहका सुदूरपश्चिम प्रदेश ईन्चार्ज भीम रावलले प्रधानमन्त्री  केपी  शर्मा ओलीको क्रियाकलाप हेर्दा  पतन र अन्त्येष्टिको पुर्वसूचना रहेको बताएका छन्।

मंगलबार संसद बिघटनको बिरोधमा प्रचण्ड नेपाल समुहले धनगढीमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै नेता रावलले भने(‘कुनै वेलाका मेरा अध्यक्ष केपी ओली पतनको बाटोमा हिडेका छन्, उनको अबस्था हेर्दा रुन मन लागेको छ, तर रुन सक्दैन।’

जनताको मतले बनेको प्रतिनिधि सभालाई असंवैधानिक तरिकाले बिघटन गरेका प्रधानमन्त्री ओली एक पछि अर्को गल्ती गर्दै पतनको बाटोमा हिडेका नेता रावलले बताए।

नेता रावलले भने ‘विना कारण कसैसंग सल्लाह नगरी पदको लोभमा केपी ओलीले प्रतिनिधि सभा बिघटन गरे, यसको उनले ठुलो मुल्य चुकाउनु पर्नेछ, नेपाली जनताले उनलाई माफि दिने छैनन्।’

No description available.

पुस ५ गतेको दिन नेपालको इतिहासमा कालो दिनका रुपमा चिनिएको बताउँदै नेता रावलले भने(प्रचण्ड र माधव नेपाललाई पदको लोभि भन्ने केपी ओलीले आफ्नो पद बचाउन देशलाई बर्बाद पारे, उनी भन्दा लोभि अरुको हुनसक्छ।’

No description available.

प्रधानमन्त्री केपी आलीका हरेक असंवैधानिक कदमलाई आँखा चिम्लेर साथ दिएको बताउँदै राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेता रावलले भने‘यदि तपाईलाई कुनै पार्टीको गुट चलाउने मन छ भने सितल निवास छोडेर झापा वा भोजपुर जानुस, संबिधानको अवज्ञा नगर्नुस, मेरो जस्तै खुलेर सडकमा आउनुस्।’

No description available.

नेता रावलले प्रतिनिधि सभा बिघटन हुनुअघि ८३ जना सांसदको हस्ताक्षरसहितको समाबेदना लिएर राष्ट्रपति कार्यालय गएको स्मरण गर्दै भने ‘दिनभर कुर्दा पनि निवेदन नै नलग्ने कसरी जनताका वा सबैका राष्ट्रपति भए।’

No description available.

प्रधानमन्त्री केपी ओलीले पार्टी, जनता, संबिधान केही पनि नमानेको बताउँदै नेता रावलले उनमा राज्य नै मै हु भन्ने घमण्ड पलाएको बताए। नेता रावलले गणपुरक संख्या नै नपुगी वालुवाटारमा बसेको भनेको केन्द्रिय कमिटी बैठकले गरेको निर्णय हाँस्यास्पद रहेको र आधिकारीक नेकपा आफूहरु रहेको बताए।

विरोधसभा अघि सरकार र प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराजुलससहित र्‍याली निस्किएको थियो।



मङ्गलबार १४, पुष २०७७ ०५:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.