कांग्रेस एकमतका साथ संसद विघटन बिरुद्ध आन्दोलनमा  देउवा

युग संवाददाता     604 पटक पढिएको    

कांग्रेस एकमतका साथ संसद विघटन बिरुद्ध आन्दोलनमा  देउवा

 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटन बिरुद्ध १३ गते हुने प्रदर्शनमा उत्रन आम नेता कार्यकर्तामा अपिल गरेका छन ।


सभापति देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै संसद विघटनको पक्षमा उभिएको भन्ने आशंका व्यक्त भइरहँदा उनले १३ पुसका लागि तोकिएको प्रदर्शनमा उल्लेख्य सहभागिता जनाउन नेता कार्यकर्तामा अपिल गरेका हुन ।

आफ्नो अपिलमा देउवाले संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूणर्रुपले एकमतका साथ उभिएको दाबी समेत गरेका छन ।

कांग्रेसले गत बिहिबार बसेको केन्द्रिय समिति बैठकबाट १३ पुसमा १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा संसद विघटन बिरुद्ध बिरोध प्रदर्शन तोकेको छ ।

अपिलमा देउवाले पार्टी सदस्य, शुभचिन्तक तथा लोकतन्त्र पक्षधरहरुलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न पनि आग्रह गरेका छन ।

कांग्रेसले सरकारले संसद विघटनको निणर्य लिए लगत्तै पदाधिकारी बैठक डाकेर प्रतिनिधि सभा विघटनको निणर्यलाई असंवैधानिक र  अलोकतान्त्रिक कदम भनेको थियो ।



शनिबार ११, पुष २०७७ ०४:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.