प्रदेश देखी जिल्लासम्म सुदूरपश्चिममा नेपाल प्रचण्ड बलियो

नेकपा विवाद

Sunil Auji     975 पटक पढिएको    

प्रदेश देखी जिल्लासम्म सुदूरपश्चिममा नेपाल प्रचण्ड बलियो
फायल फोटो


सुनिल आउजी 
धनगढी - नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीले संसद विघटन गरेपछी नेकपा पार्टीभित्र विबाद  फुटको संघारमा पुगेको छ । विबादको  प्रदेश र जिल्लामा त्यसको असर र प्रभाव परेको नेकपाका नेताहरुले बताएका छन् ।  
सुदूरपश्चिम नेकपामा तीन थरी गुट रहेको छ । नेकपाका एक नेताले  बताए ।
 फुटको संघारमा पुगेको नेकापाको असर जिल्ला र स्थानीय कमिटीहरूमा पनि देखा पर्न थालिएका छ्न । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बलियो भीमबहादुर रावलको गुट बलियो रहेको छ  । भने  दोस्रोमा स्थायी कमिटी सदस्य लेखराज भट्ट र तेस्रोमा प्रदेश अध्यक्ष कर्णबहादुर थापाको गुट रहेको छ । रावलले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको प्रतिनिधित्व गर्छन् ।  पूर्व माओवादीका नेता भट्टले नेकपा अध्यक्ष प्रचण्डको गर्थे भने अहिले केपी गुटमा गएका छन् ।  कर्ण थापाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली गुटको प्रतिनिधित्व गर्दै आएका छन् ।
सुदूरपश्चिममा गृहमन्त्री रामवहादुर थापा बादलको पनि गुट छ । बादल गुटबाट नेकपा प्रदेश कमिटीमा नेपबहादुर चौधरी सचिव रहेका छन् ।  भने नेकपा केन्द्रीय सदस्य समेत रहेकी नेप बहादुरकी श्रीमती रुपा चौधरी पनि बादलकै गुटमा रहेका कारणले  उनी कैलालीको ईन्चार्ज छिन । थारु नेपबहादुर दम्पतिले सुदूरपश्चिम नेकपामा बादलको गुटलाई बचाईरहेका छन् । 
सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा ताला
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका नेता तथा कार्यकर्ताले धनगढीस्थित नेकपा सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा ताला लगाएका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विद्यार्थी नेता र कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका हुन्।
प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताले धनगढीमा विरोध ¥याली आयोजना गर्दै आएका छन्।
कैलालीको पार्टी कार्यालयमा दाहाल–नेपाल पक्षको ताला
 नेकपा फुटको संघारमा रहेका बेला सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीस्थित नेकपा कैलालीको पार्टी कार्यलयमा ताला लगाइएको छ। प्रचण्ड–नेपाल पक्षधर कार्यकर्ताहरुले पार्टी कार्यलयामा ताला लगाएका हुन्।
नेकपाको केन्द्रीय कमिटी बैठक चलिरहेको बेला जिल्ला पार्टी कार्यालय कब्जा गरेको दाहाल–नेपाल पक्षका एक नेताले बताए।
मंगलबार दिउँसो पार्टी कार्यलयमा उपस्थित नेता तथा कार्यकर्ताले ताला लगाएका हुन्। हाल नेकपा कैलालीका अध्यक्ष रहेका रतन थापा ओली पक्षमा रहेका छन्।
नेकपा कैलालीमा  ओली पक्षधर थापालाई कारबाही, प्रचण्डनेपाल  पक्षधर सोडारीलाई पुनर्बहाली
केन्द्रमा स्पस्ट रूपमा नेकपा विभाजित भएपछि त्यसको असर सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि देखिएको छ जहाँ एकपछि अर्को रडाको भइरहेका छन्।  
प्रदेश सभा सदस्य समेत रहेका नेकपा कैलाली जिल्ला अध्यक्ष रतन थापालाई हटाएर जिल्ला अध्यक्षमा पूर्व एमालेका अध्यक्ष दिर्घ सोडारीलाई पुनर्बहाली गरिएको छ।
काठमाडौंमा जारी नेकपाको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सोडारीलाई पार्टीको कैलाली जिल्ला अध्यक्षको जिम्मेवारी दिएपछि प्रदेश सभा सदस्य समेत रहेका पूर्व जिल्ला अध्यक्ष सोडारीलाई पुनर्बहाली गरिएको हो।
सोडारीलाई २०७५ कार्तिक १६ गते कारवाही गरिएको थियो।
ओली निकट कर्ण थापाकै वडामा प्रधानमन्त्री ओलीको पुत्ला दहन
 नेकपा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाकै गृह जिल्ला बाजुरामा प्रधामन्त्रीको पुतला दहन गरिएको छ । संसद विघटनको चौतर्फी रुपमा व्यापक विरोध भइरहेका बेला जिल्लाको बुढीगंगा नगरपालिका–९ बाह्रविसमा प्रधानमन्त्री केपी ओलीको सोमबार साँझ पुत्ला दहन गरिएको हो ।

प्रदेश अध्यक्ष थापाकै वडामा पाटीको भातृ संगठन अनेरास्ववियु र नेपाली काँग्रेस भातृ संस्था नेपाल तरुण दलले संयुक्त रुपमा पुत्ला दहन गरिएको हो ।
सोमबार औपचारिक कार्यक्रमको आयोजना गरी उक्त नगरपालिको–९ पुर्व उद्योग मन्त्री कर्ण थापाको वडामा प्रधानमन्त्री ओलीको पुतला दहन गरेको नेपाल तरुण दल बाजुराका सदस्य अरुण थापाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक कदम चालेर लोकतन्त्र माथि नै खतरा उत्पन्न गराएकाले त्यसका विरुद्ध नेपाल तरुण दल र अनेरास्ववियुको सयुक्त आयोजनामा विरुद्ध प्रर्दशन गरी पुत्ला दहन गरिएको अनेरास्ववियुका नेता एवम् महेन्द्ररत्न क्याम्पस काठमाण्डौका अध्यक्ष दिपेन्द्र शाहीले बताए ।
उक्त पुतला दहन कार्यक्रममा अनेरास्ववियुका नेता एवम् महेन्द्ररत्न क्याम्पस काठमाण्डौका अध्यक्ष दिपेन्द्र शाही , नेपाल तरुण दलका सदस्य रुगम थापा , बुढीगंगा नगर कार्य समितीका सदस्य लक्ष्मण थापा , विद्यार्थी नेता जीवन थापा लगायत एक सय भन्दा बढी युवाको सहभागिता रहेको तरुण दल जिल्ला सदस्य थापाले बताए ।


 



शुक्रबार १०, पुष २०७७ ०१:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.