बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य प्रस्ताव

नेकपा विवाद

युग संवाददाता     2008 पटक पढिएको    

बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य प्रस्ताव

 

काठमाडौं । बागमती प्रदेश सरकारको मुख्यमन्त्री पदमा अष्टलक्ष्मी शाक्यको नाम प्रस्ताव भएको छ । बागमती प्रदेश सरकारका वर्तमा मुख्यमन्त्री डोरमणी पौडेल बिरुद्ध ४५ सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्दै शाक्यलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेका छन ।


बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध भर्खरै अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।   प्रचण्ड–माधव निकट नेकपाका ४५ सांसदहरुले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन ।

पार्टी फुटेपछि बागमती प्रदेश सरकार तीन जना मन्त्रीले समेत केही बेरअघी पदबाट राजीनामा दिएका छन । प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै बागमती प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन ।

तीनजै जना मन्त्रीको हस्ताक्षर सहित जारी विज्ञप्तीमा उनीहरुले मुख्यमन्त्रीका कारण जनताप्रति सरकार जवाफदेहीविहिन बन्दै गएको बताएका छन । पत्रमा पार्टी माथी अकल्पनिय संकट आइपरेको र पार्टी एकतालाई बचाउन आफूहरु प्रतिबद्ध रहेको समेत उल्लेख गरिएको छ ।



शुक्रबार १०, पुष २०७७ ०१:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.