‘संसद विघटनको सिफारिस ओलीको अधिनायक आकांक्षाको अन्तिम प्रयास’

युग संवाददाता     671 पटक पढिएको    

‘संसद विघटनको सिफारिस ओलीको अधिनायक आकांक्षाको अन्तिम प्रयास’

 

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद विघटनका लागि गरिएको सिफारिसलाई कांग्रेसले राजनीतिक रुपमा प्रतिवाद गर्ने प्रतिक्रिया दिएका छन् । आइतबार विहान सामाजिक संजालमार्फत उनले संविधान र लोकतन्त्र रक्षाका लागि एक हुन आब्हान पनि गरेका छन् ।

उनले लेखेका छन् ‘प्रधानमन्त्री केको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ । संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौं ।’ प्रवक्ता शर्माले भनेका छन्, ‘अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ ।’

आइतबार विहान मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर संसद विघटन गर्न सिफारिस गरेका थिए ।



आइतबार ०५, पुष २०७७ १२:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.