अध्यादेश फिर्ता नभएसम्म देउवा बैठकमा नजाने

युग संवाददाता     669 पटक पढिएको    

अध्यादेश फिर्ता नभएसम्म देउवा बैठकमा नजाने

 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद् सम्वन्धि अध्यादेश तत्काल फिर्ता लिएर संसद बैठक बोलाउन सरकारसँग माग गरेको छ ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले अलोकतान्त्रिक, संविधान विरोधी र संसदीय मान्यता विपरित रहेको अध्यादेश फिर्ता हुनैपर्ने अडान लिएको हो । कांग्रेस महामन्त्री डा। शशांक कोइरालाले अध्यादेश फिर्ता नभए कांग्रेसले शशक्त कदम चाल्ने बताए ।


‘अध्यादेश तत्काल फिर्ता हुनुपर्छ र संसद बैठक बोलाएर त्यही आवश्यक छलफल गर्नुपर्छ, अन्यथा कांग्रेसले शशक्त कम चाल्छ,’ बैठकपछि हाम्राकुरासँगको संवादमा महामन्त्री कोइरालाले भने ।

संसदीय दलले अध्यादेश फिर्ता नहुँदासम्म परिषद् बैठकमा सहभागि नहुन सभापति देउवालाई आग्रह समेत गरेको छ ।

संसदमार्फत नै समस्याको समाधान गरिनु पर्नेमा असंवैधानिक र अलोकतान्त्रिक तवरबाट सरकारले अध्यादेश ल्याएको भन्दै सो अध्यादेश तत्काल फिर्ता लिन संसदीय दलको बैठकले माग गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

‘सरकारले ल्याएको अध्यादेश असंवैधानिक र अलोकतान्त्रिक छ सरकारले यसलाई तुरुन्तै फिर्ता लिनु पर्छ,’ खाँणले भने ।



शुक्रबार ०३, पुष २०७७ ०३:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.