विश्व हिन्दु महासंघकी उपाध्यक्ष ज्योत्सना साउदद्धारा कञ्चनपुरका अपाङ्गता भएका व्यक्ति र सुत्केरीलाई राहत सामग्री वितरण

युग संवाददाता     1193 पटक पढिएको    

विश्व हिन्दु महासंघकी उपाध्यक्ष ज्योत्सना साउदद्धारा कञ्चनपुरका अपाङ्गता भएका व्यक्ति र सुत्केरीलाई राहत सामग्री वितरण

 

कञ्चनपुर  कञ्चनपुका १ सय ५० जना अपाङ्गता भएका व्यक्ति र ३५ जना गर्भवती तथा सुत्केरी महिलालाई राहत सामग्री वितरण गरिएको छ।विश्व हिन्दु महासंघकी उपाध्यक्ष तथा ग्रामीण विकास तथा महिला एकता केन्द्र  रुडुक की महासचिव ज्योत्सना साउदको पहलमा सो राहत सामग्री वितरण गरिएको हो।

समाजसेवी तथा विश्व हिन्दू महासंघकी उपाध्यक्ष साउदले कञ्चनपुरको भिमदत्त नगरपालिकामा अपाङ्गता भएका चार जना बालबालिकालाई ह्वीलचियर , १५० जना अपाङ्गता भएका व्यक्तिका लागि ब्ल्याङकेट, हर्लिक्स, बिस्कुट, तातो टोपी, हात धुने र नुहाउने सावुनसहितको राहत सामग्री हस्तान्तरण गरेकी छन्।

शुक्लाफाँटाको झलारीमा रहेको सुकुम्बासी बस्तीका सुत्केरी तथा गर्भवतीलाई उपाध्यक्ष साउदले अपाङ्ग महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष उपेन्द्र कडायतलाई राहत समाग्री उपलव्ध गराएको हो।


त्यस्तै रुडुकको तर्फबाट रुडुककी महासचिव समेत रहेकी समाजसेवी ज्योत्सना साउदले शुक्लाफाँटा नगरपालिकाको सुकुम्वासी बस्तीका ३५ जना गर्भवती तथा सुत्केरीलाई ब्ल्याङ्केट, बिस्कुट, साबुन, टोपी, अण्डा, सातुलगायतको सामग्री हस्तान्तर गरेकी छन्।

‘अपाङ्गता भएका व्यक्ति र सुत्केरी दिदीबहिनीलाई थोरै भए पनि राहत होस् भन्ने मनसायले राहत सामग्री उपलब्ध गराइको हो,’उनले भनिन्, ‘कोरोना महामारीका बेला सानो सहयोग भए पनि समस्यामा परेका दाजुभाइ, दिदीबहिनीलाई मल्हम होस भनेर पहल गरेकी हुँ।’यसअघि पनि साउँदले कञ्चनपुरका विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएकी छन्।

उनले यहाँको गौशाला व्यवस्थापनमा आर्थिक सहयोगदेखि लकडाउनका बेला काठमाडौंमा समस्यामा परेका विद्यार्थीलाई खाद्यान्न लगायतका सामग्री वितरण गरेकी थिइन्।



बिहिबार ०२, पुष २०७७ ०५:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.