महेन्द्रनगर विमानस्थल मर्मतका लागि बजेट विनियोजन

युग संवाददाता     1560 पटक पढिएको    

महेन्द्रनगर विमानस्थल मर्मतका लागि बजेट विनियोजन


धनगढी
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरमा रहेको मझगाउ“ विमानस्थलको मर्मत सम्भारका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेश मन्त्रपरिषद्को मंगलबार बसेको बैठकले सोे विमानस्थल सञ्चालनका लागि आवश्यक ३५ करोड रकम मध्ये प्रदेश सरकारको भागमा परेको कुल बजेटको २५ प्रतिशत अर्थात् आठ करोड ७५ लाख रुपैया प्रदेश सरकारले बेहोर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले बताए ।
“विमानस्थल सञ्चालन गर्ने उद्देश्यले यसको मर्मत गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको त्रिपक्ष साझेदारी गरिने भनिएको थियो’ आन्तरिक मामिला तथा कानून मन्त्री शाहले भने– त्यसका लागि ३५ करोड रुपैया बजेट खर्च हुने लागत अनुमान थियो । हामीले यसको २५ प्रतिशत बेहोर्ने निर्णय गरेका छौ ।
त्यस्तै, प्रदेश मन्त्रिपरिषद् बैठकले विभिन्न पा“च एजेन्डामा छलफल गरेर निर्णय गरेको सरकारका प्रवक्ता शाहले बताए । उनका अनुसार खप्तड क्षेत्र पर्यटन बिकास तथा व्यवस्थापन समिति गठन आदेशको दोस्रो संशोधन गर्ने, २०७७ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारले भूमि सम्बन्धी समस्या समाधानका लागि केन्द्रमा बनेको आयोगको केन्द्रीय सदस्य मनोनयनका लागि अगस्तराज अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको छ । ‘केन्द्रमा गठन भएको आयोगमा हाम्रो प्रदेशबाट एक जनाको प्रतिनिधित्व गराउनु पर्ने थियो,’ मन्त्री शाहले भने– यसमा हामीले अगस्तराज अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेका छौ ।
त्यस्तै सामाजिक बिकास मन्त्रालयबाट हवाई उद्धार बापतको सात लाख ६५ हजार हवाई कम्पनीलाई भुक्तानी दिने निर्णय भएको छ । 
सामाजिक बिकास मन्त्रालयबाट भुक्तानी दिनुपर्ने नीतिगत निर्णय हुनुपर्ने थियो हामीले त्यो निर्णय गरेका छौ, मन्त्री शाहले भने, ‘केही दिन अघि अरिंगालको टोकाइबाट घाइते भएका अछामको बान्निगडी जैगड गाउ“पालिका ५ का ४८ वर्षीय गोकर्ण रावतको हवाई उदार गरी काठमाडौ“मा उपचार गरिएको थियो, उद्धारका क्रममा हुन आएको सात लाख ६५ हजार रकम सम्बन्धित हवाई कम्पनीलाई भुक्तानी दिने निर्णय गरेका छौ ।’
बाढी–पहिरोबाट क्षति भएका पूर्वाधारहरूको पूनःनिर्माण र मर्मतका लागि आवश्यक बजेटको व्यवस्था गर्ने पनि निर्णय भएको छ । गत असार, साउन भदौमा क्षतिग्रस्त संरचनाको पूनःनिर्माण र मर्मतका लागि आवश्यक पर्ने दुई अर्ब १६ करोड ६४ लाख ८० हजार बजेटको व्यवस्था गर्न भौतिक मन्त्रालयबाट माग भएकोमा बजेटको व्यवस्थाका लागि संघीय सरकार लाइ आग्रह गर्ने निर्णय भएको शाहले बताए ।



बुधबार ०१, पुष २०७७ ०५:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.