अन्तिम समयमा मेस्सी र स्वारेजले गोल गर्दै हार जोगाए

खेलकुद

Yugnepal     1250 पटक पढिएको    

अन्तिम समयमा मेस्सी र स्वारेजले गोल गर्दै हार जोगाए

अन्तिम समयमा मेस्सी र स्वारेजले गोल गर्दै हार जोगाए 

काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा लियोनल मेस्सी र लुइस स्वारेजले अन्तिम समयमा गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका छन् ।

ीष्यलभ िःभककष् अबmभ याा तजभ दभलअज बलम कअयचभम ाचयm बलयतजभच भहअभििभलत ाचभभ(पष्अप धजष्अज जभउिभम द्यबचअभयिलब तबपभ ब उयष्लत ष्ल ीब ीष्नब

मंगलबार रातिको खेलमा बार्सिलोना भिल्लारियलसंग ४–४ गोलको बराबरीमा रोकिएको हो ।


फिलिप्पे काउटिन्होले १२ औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाइ सुरुवाती अग्रता दिलाएका थिए । माल्कोमले १६ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

ल्य ठ एजष्ष्उिउभ ऋयगतष्लजय नबखभ द्यबचअभयिलब तजभ भिबम यल ज्ञद्द mष्लगतभक धजभल तजभ ायचmभच ीष्खभचउयय िकतबच ाष्लष्कजभम ाचयm अयिकभ चबलनभ


तर २–० को अग्रता टिकाउन नसकेपछि बार्सिलोना ४–२ ले पछाडि पर्यो । २३ औं मिनेटमा स्यामुयल चुकवाजाईले गोल गर्दै घरेलु टोलीले २–१ को स्थितिमा ल्याए । 


कार्ल टोको इकाम्बीले ५० औं मिनेटमा भिल्लारियलका लागि २–२ को बराबरी गोल फर्काए । 

च्भभिनबतष्यल दबततभिचक ख्ष्ििबचचभब िअयmउभितभम ब तचगथि कतगललष्लन तगचलबचयगलम तजबलपक तय ल्य ज्ञट ख्ष्अभलतभ क्ष्दयचचबुक नयब ियल टद्द mष्लगतभक

५० औं मिनेटमा भिसेन्ट इबोरा र ८० औं मिनेटमा कार्लोस बाकाले गोल गर्दै भिल्लारियललाई ४–२ को अग्रता दिलाए । 


हार नजिक पुगेको बार्सिलोनालाई अन्तिम समयमा गोल दिलाएपछि मेस्सी र स्वारेजले हारबाट जोगाए ।

 

मेस्सीले ८९ औं मिनेटमा आकर्षक फ्रिकिकबाट गोल गरेका थिए । स्वारेजले इन्जुरी समयमा गोल गरेका थिए । 


बराबरीपछि ३० खेलबाट बार्सिलोनाको ७० अंक भएको छ । ३० खेलबाटै एथलेटिको मड्रिडको ६२ अंक छ । २९ खेलबाट ५७ अंकको रियाल मड्रिड तेस्रो स्थानमा छ । 



बुधबार २०, चैत २०७५ १०:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.