सुन तोलामा एक हजार ६सयले वढ्यो

युग संवाददाता     990 पटक पढिएको    

सुन तोलामा एक हजार ६सयले वढ्यो

 

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला  एक हजार ६०० रूपैयाले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक हजार ६सय ले वृद्धि भई रु ९२ हजार ६०० मा कारोवार भएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा रु एक हजार ६०० ले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला रु ९० हजार ५५० मा बुधबार कारोवार भएको तेजाबी सुन आज प्रतितोला रु ९२ हजार १५० मा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ ।


  चालिस भन्दा बढी पसलमा कम तौलका ढक तराजु
यस्तै चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । प्रतितोला रु एक हजार १८५ मा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २०५ मा खरीदबिक्री भएको छ ।



बिहिबार १८, मङि्सर २०७७ ०३:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.