कक्षा १२ को रिजल्ट एक महिनाभित्रै आउने

युग संवाददाता     1549 पटक पढिएको    

कक्षा १२ को रिजल्ट एक महिनाभित्रै आउने

 

सोनी शाही

काठमाडौं, मंसिर १८ स् कक्षा १२ को परीक्षा सकिए लगत्तै राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि तयारी थालेको छ। एक महिनाभित्र नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ।

कोरोना भाइरसको महामारीका कारण वैशाखमा तयाग रिएका परीक्षा स्थगित भएका थिए। अहिले भएको परीक्षको नतिजा प्रकाशनमा ढिलाइ हुँदा विद्यार्थीको शैक्षिक सत्र प्रभावित हुनसक्ने भएकाले एक महिनाभित्र नतिजा उपलब्ध गराउन लागिएको बोर्डले जनाएको छ।

परीक्षाको नतिजा एक महिनामा उपलब्ध गराउन सके उनीहरुको उच्च शिक्षा अध्ययनका लागि बाटो खुल्ने बोर्डका अध्यक्ष प्रा।डा।चन्द्रमणि पौडेलले बताए। यसका लागि देशभरका शिक्षकहरूसँग समन्वयमा काम भइरहेको अध्यक्ष पौडेलको भनाइ छ।

यस पटक विद्यालयमा सम्बन्धित विषयका शिक्षकले नै उत्तरपुस्तिका परीक्षण गर्ने भएकाले एक साताभित्र यो काम पूरा हुने विश्वास गरिएको अध्यक्ष पौडेल बताए। शिक्षकले उत्तरपुस्तिका परीक्षण गरी विद्यार्थीको प्राप्तांक पठाएपछि तीन साताभित्र अन्य कामहरु पूरा गर्ने बोर्डको तयारी छ।

मंसिर ९ देखि १६ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सहभागी भएका थिए। देशभर चार हजार क सय पाँचवटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो।

यस पटक कक्षा ११ को ४० प्रतिशत मूल्यांकन, कक्षा १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयले लिने आन्तरिक मूल्यांकनको २० प्रतिशतलाई आधार बनाइएको छ। त्यसकै आधारमा कक्षा १२ को नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ।



बिहिबार १८, मङि्सर २०७७ ०३:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.