सुदूरपश्चिममा कोभिडका बिरामीलाई आइसीयू र भेन्टिलेटरको चरम अभाव

युग संवाददाता     994 पटक पढिएको    

सुदूरपश्चिममा कोभिडका बिरामीलाई आइसीयू र भेन्टिलेटरको चरम अभाव
सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको एकमात्र डडेल्धुरा अस्पताल । फोटो - राम धामी

 

राम धामी

डडेल्धुरा। सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको एकमात्र अस्पताल डडेल्धुरा अस्पतालमा कोरोना सङक्रमतिका लागि सघन उपचार कक्ष ९आइसीयु० र भेन्टिलेटरको व्यवस्था गर्न तीन करोड बजेट निकासा भए पनि अझै सेवा सुचारु हुन सकेको छैन् ।


अस्थायी राजधानी धनगढीस्थित सेती प्रादेशिक अस्पताल हाल कोरोना सङ्क्रमित बिरामीहरुले भरिभराउ भएको छ । प्रदेशमा गम्भीर प्रकृतिका सङ्क्रमितको उपचार हुने एक मात्र अस्पतालमा बेड खाली छैनन् । गम्भीर प्रकृतिका बिरामी थपिएको अवस्थामा उनीहरूलाई कहाँ राखेर उपचार गर्ने भन्ने अन्यौलता कायमै छ ।


सेती प्रादेशिक अस्पतालले व्यवस्थापन गरिरहेको ५० बेडको अस्थायी अस्पतालमा ४८ जना कोरोना सङ्क्रमितहरुको उपचार भइरहेको सेती प्रादेशक अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले ५० बेड उपलव्ध रहेकोमा ३२ जनाको जनरल वार्डमा र १६ जना गम्भीर किसिमका कोरोना सङ्क्रमितको आइसियू र भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताए ।

श्रेष्ठका अनुसार अस्पतालमा भर्ना भएका सबैभन्दा धेरै कैलालीका ३७ जना कोरोना सङ्क्रमित उपचार गराईरहेका छन् भने कञ्चनपुरका चार, डडेल्धुरा र अछामका दुई÷दुई, दार्चुला, बझाङ र बैतडीका एक÷एक जना कोरोना सङ्क्रमितको उपचार भईरहेको छ ।

‘कोरोना अस्पातलको जनरल वार्ड मात्र होइन् अस्पतालको सघन उपचार कक्षको आईसीयू पनि भरिएको छ । भेन्टिलेटर पनि चार वटा मात्र खाली छ ।’ सूचना अधिकारी श्रेष्ठले भने । १० बेडको आईसीयू सेटअप रहेको अस्पतालले जनरल वार्डसमेत अक्सिजनको उपलब्धता हुनेगरी वैकल्पिक व्यवस्था गर्दै २० बेडको बनाएको श्रेष्ठले बताए ।

तर अस्पतालमा भर्ना भएका १६ जना कोरोना सङ्क्रमितलाई आईसीयूमा राखेपछि थप गम्भीर बिरामी फेला परे उपचारमा समस्या हुने देखिएको हो ।  कोभिड अस्पताल सङ्क्रमितले भरिभराउ भएपछि सेती प्रादेशिक अस्पतालकै पूरानो भवनमै भए पनि व्यवस्थापन गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना अस्पताल घोषणा गरे पनि उपकरण विस्तारमा खासै चासो दिएको छैन । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती र महाकाली अस्पतालमा गम्भीर सङ्क्रमितको उपचारका लागि सघन उपचार कक्ष आईसीयू र भेन्टिलेटर सेवाको व्यवस्था रहेको बताउँदै टीकापुर अस्पतालमा पनि उपकरण पठाइसकेको बताए ।

उनले अन्य जिल्ला अस्पतालमा पनि उपकरण र बेड विस्तारको कार्य भइरहेको जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको संख्या नौँ हजार नौँ सय २३ रहेको छ भने सक्रीय सङ्क्रमितको संख्या एक हजार चार सय ५७ रहेको छ । प्रदेशभर हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३१ जना रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालले भने चाँडै सघन उपचार कक्ष र भेन्टिलेटर जडान गर्नेगरि काम भइरहेको जनाएको छ ।



सोमबार २४, कार्तिक २०७७ १०:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.