वेपत्ता प्रहरी जवान साउद पनि मृत अस्थामा

Yugnepal     1005 पटक पढिएको    

वेपत्ता प्रहरी जवान साउद पनि मृत अस्थामा

धनगढी धनगढीः वेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत अबस्थामा भेटिएका  छन्।

अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि इन्चार्ज प्रहरी निरिक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउँदको शव नदीमा भेटिएको बताए।

उनले प्रहरी सहायक निरिक्षक बिकको शव फेला परेको मोहना नदीमै साउँदको शव भेटिएको जानकारी दिए ।

अहिले घटना स्थल मुचुल्का बनाउने काम भइरहेकाले शव नदीबाट निकालिएको छैन् ।

गत शनिबार प्रहरी सहायक निरिक्षक बिकसँगै प्रज साउद पनि गस्तीमा खटिएका बेला वेपत्ता भएका थिए ।

विक विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने पक्राउ परेका अभियुक्तहरुले प्रहरी जवान साउदको समेत हत्या गरी नदीमा फालेका बयान प्रहरी समक्ष दिएका छन्।

 उनीहरुले सुरुमा जवानकै हत्या गरी नदीमा फालेको र पछि असइको हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोत बताउँछ ।  



मङ्गलबार ०४, कार्तिक २०७७ ११:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal