सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ९ सय

युग संवाददाता     692 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ९ सय

  टंक कुँवर रातोपाटीबाट
 धनगढी – सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ९ सय ९१ पुगेको छ ।  
बुधबार बिभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप ७९ जना कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या ९ सय ९१ पुगेको हो ।
सक्रिय संक्रमितमा अछाम १००, बेतडी ६९, बझाङ्ग ८९, बाजुरा ९,डडेल्धुरा १६, दार्चुला ३१, डोटी १३०, कैलाली ५१०, र कंचनपुर ३७ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा गरिएको परिक्षणममा कैलालीका ३५, कंचनपुर का १,डोटीका १७,अछामका २६, जनामा संक्रमण पुस्टी भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलार्ई जानकारी दिए ।

कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।  अछाम  १, बझाङ्ग २, बाजुरा २ र कैलाली मा ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको उनले बताए ।
योसंगै  प्रदेशमा निको हुने संक्रमित संख्या पनि ५ हजार ७८१ पुगेको छ । बिभिन्न अस्पताल बाट थप १४ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ५ हजार ७२४ पुगेको उनले बताए ।

त्यसैगरी बिभिन्न अस्पतालहरुमा ५० कोरोना संक्रमितको उपचार भईरहेको छ । 
कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा १३, टिकापुर ९, महाकाली १३, अछाम १०, डोटी २, र डडेल्धुरामा ३ जनाको उपचार भईरहेको छ । शंकास्पद १४ जना आईसोलेसनमा छन् । 

प्रदेशका ९ वटै जिल्लामा ९९ आइृसोलेसन सेन्टरमा २ हजार ५६४ बेडहरु छन । सो बेडमा २ सय ९७ पुरुष र १ सय ३३  जना महिला र होम आईसोलेसनमा १ सय ८८ जना रहेको  स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिँह काक्रीको भनाई छ । 

७९ हजार ४४१ नमुना जाच मध्य ६ हजार ७८४ जनामा संक्रमण फेला परेको छ भने ७२ हजार ६५७ नमुना भने  नेगेटिभ आएको  छ ।  अझै १ हजार ३  नमुनाको रिजल्ट आउन बाँकी  रहेको उनले बताए । रातोपाटीबाट



बिहिबार ०८, असोज २०७७ ०१:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.