वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित ४ बजे सपथ

Yugnepal     1289 पटक पढिएको    

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित ४ बजे सपथ
फायल फोटो

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले गौतमलाई नियुक्त गरेकी हुन् ।
राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो ।
यो कोटामा नेकपाका उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको थियो । प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमलाई राष्ट्रियसभा पठाउने निर्णयको विरोध भए पनि बुधबार मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

गौतमको सपथ आजै ४ बजे गर्ने तयारी भइरहेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले बताएका छन् । कान्तिपुर बाट साभार 



बिहिबार ०१, असोज २०७७ ०३:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.