कोहलीको बेंगलोर पहिलो जित खोज्दै, लगातार तीन हार

खेलकुद

Yugnepal     1070 पटक पढिएको    

कोहलीको बेंगलोर पहिलो जित खोज्दै, लगातार तीन हार

 

काठमाडौं। भारतीय क्रिकेट कप्तान एवं ईण्डियन प्रिमियर लिग ९आईपीएल०मा रोयल च्यालेन्जर बेंगलोरको कप्तानी गरिरहेका बिराट कोहलीको टोली बेंगलोरले आईपीएलमा जित हात पारेको छैन। तीन खेल खेलेको बेंग्लोरले तिनै खेलमा हार ब्योहोरेको छ।

तेस्रो खेलमा हैदरावादले बेंगलोरलाई १ सय १८ रनले पराजित गरेको छ। हैदरावाद प्रतियोगितामा बलियो देखिएको छ भने बेंगलोर पहिलो जितको खोजीमा रहेको छ।

सनराईजर्स हैदरावादले टस हारेर पहिले ब्यटिङ गर्दै निर्धारित २० ओभरमा २ विकेटको नोक्सानीमा २ सय ३१ रन बनाएको थियो। सनराईजर्सका जोनी बेयरस्टोले ५६ बलमा ७ छक्का १२ चौकाको मदतले १ सय १४ रन बनाएका थिए। त्यसैगरि अर्को शतक डेविड वार्नरले बनाएका थिए। उनले ५५ बलमा ५ छक्का र ५ चौकाको मदतले १०० रन बनाएका थिए।

जवापमा ब्यटीङ गर्न ओर्लेको बेंगलोरले ३५ रन बानउँदा ६ विकेट गुमाईसकेको थियो। सनराईजर्सका मोहम्मद नाबीले ४ ओभरमा ११ रन खर्चिंदै ४ विकेट लिएका थिए। बैंगलोरमा कोहली बाहेक एबी डिविलियर्स, हेतयेयर जस्ता बिस्फोटक खेलाडी रहेका हुनाले पनि खेल रमाईलो हुने अपेक्षा गरिएको थियो।

अपेक्षाको बिपरीत बेंगलोरले चाँडो रन बनाउने योजनाको फाईदा हैदराबादले आक्रमक बलिङ गर्दै विकेट लिएको थियो। बेंगलोरका कोलिन डे ग्रान्डहोमले सार्वाधिक ३७ रन बनाएका थिए। पहिलो खेल खेलेका प्रयास रे बर्मनले १९ रन बनाएका थिए भने उमेश यादवले १४ रनको योगदान दिएका थिए।



आइतबार १७, चैत २०७५ ०८:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal