भारतमा एकै दिन बढे ९५ हजार पाँच सय बढी कोरोनाका संक्रमित

युग संवाददाता     689 पटक पढिएको    

भारतमा एकै दिन बढे ९५ हजार पाँच सय बढी कोरोनाका संक्रमित
तस्वीर– हैदरावादमा कोरोनाका कारण झण्डै ६ महिनापछि खुलेको मेट्रो स्टेशनमा जाँदै यात्रुहरु बायाँ, मेट्रो चलिरहँदा दायाँ एएफपी ।

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणको दर फेरि बढेको छ । बुधबार अहिलेसम्मकै बढी ९५ हजार ५२९ जना संक्रमित थपिएका छन् । एकै दिन थपिएको यो सबैभन्दा बढी हो । 

यसअघि सोमबार आइतबारको तुलनामा १७ हजारले कमी आए पनि मंगलबार भने सोमबारको तुलनामा १४ हजारले बढेका थिए । 

यसअघि आइतबार ९२ हजार संक्रमित थपिएका थिए । त्यो त्यतिन्जेलको सबैभन्दा बढी हो । शनिबार ९० हजार ६०० जना संक्रमित थपिएका थिए ।

भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको छ ।  

हाल ९ लाख १८ हजार १८५ जना सक्रिय संक्रमित भारतमा रहेका छन् । भारतमा निको हुनेको दर भने राम्रो रहेको छ । बुधबार ७३ हजार ५७ जनालाई निको भएको छ । 

मंगलबार ७४ हजार ६०७ जनालाई निको भएको थियो । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । सोमबार ७४ हजार १२३ जनालाई निको भएको थियो । 

हालसम्म ३४ लाख ६९ हजार ८४ जना कोरोनामुक्त भएका छन् । 

बुधबार १ हजार १६८ जनाको ज्यान गएको छ । मंगलबार १ हजार १०७ जनाको ज्यान गएको थियो । सोमबार १ हजार १२९ जनाको ज्यान गएको थियो । आइतबार १ हजार ८ जनाको ज्यान गएको थियो । शनिबार १ हजार ४४ जनाको ज्यान गएको थियो । अहिलेसम्म ज्यान गुमाउने संक्रमितको संख्या ७५ हजार ९१ पुगेको छ । 

भारतमा संक्रमितको संख्या बढे पनि अधिकांश क्षेत्रमा सार्वजनिक यातायात, रेल सेवा एवं हवाई सेवा खुलेको छ । 



बिहिबार २५, भदौ २०७७ ११:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.