नेकपा, जसपा र राप्रपा छाडेर  सय जना कांग्रेसमा

युग संवाददाता     1502 पटक पढिएको    

नेकपा, जसपा र राप्रपा छाडेर  सय जना कांग्रेसमा

नेपालगन्ज । बाँकेको नरैनापुरमा एक सय बढी स्थानीय नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस नरैनापुरले शनिबार वडा नम्बर ३ मा कालाफाँटामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नरैनापुर गाउँपालिकाका विभिन्न वडाबाट विभिन्न पार्टी परित्याग गरी १ सय ३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

वडा नम्बर ३ का सभापति मेराज खाँको सभापतित्वमा भएको कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा जनता समाजवादी पार्टी जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र स्वतन्त्रसमेत गरी उनीहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 

कांग्रेस नेताहरु तप्त पौडेल, नारायण गौडेल, पोषण केसी, रामचन्द्र मौर्य, हुर्मत न्यौपाने, टेकनारायण भुषाल, डिल्ली गिरी,पुर्ण आचार्य, राजकुमार मौर्य लगायतले उनीहरूलाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । 



आइतबार ०७, भदौ २०७७ ०१:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.