धनगढीमा  व्यवसायी र  स्वास्थ्यकर्मीमा कोरोना  पुष्टि

युग संवाददाता     1005 पटक पढिएको    

धनगढीमा  व्यवसायी र  स्वास्थ्यकर्मीमा कोरोना  पुष्टि


 सेती  प्रादेशिक अस्पतालमा गरिएको  परिक्षणमा धनगढी  उपमहानगरपालिकाका  ट्राभल हिस्ट्री  नभएका २ जना  स्थानीय  वासिन्दामा  कोरोना संक्रमण   पुष्टि भएको छ  ।  सेती अस्पतालमा  शुक्रवार धनगढी उपमहानगरपालिकाका  ३० जनामा  कोरोना पुष्टि भएको थियो  ।यससँगै  धनगढी उपमहानगरपालिकामा ट्राभल हिस्ट्री  नभएका कोरोना संक्रमितको संख्या  १८ पुगेको छ ।

 धनगढी  उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत लक्ष्मी उपाध्यायका अनुसार शुक्रवार धनगढी वडा   नम्बर ४ का   एक व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएको  छ । धनगढीमा व्यवसाय गरिरहेका उनी कोरोना संक्रमण देखा परेदेखि कतै बाहिर गएका छैनन  । त्यस्तै  स्वास्थ्य संस्थामा कार्यरत  वडा  नम्बर १४ की एक महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।  उनको पनि ट्राभल हिस्ट्री छैन  ।

 धनगढीमा शुक्रवार सबै  भन्दा  बढी   वडा नम्बर १२ का १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै कोरोना संक्रमण पुष्टि हुनेमा     वडा नम्बर ३ का  १ जना, वडा नम्बर ४ का  १ जना, वडा नम्बर  ११ का ३ जना, वडा नम्बर १३ का १ जना, वडा नम्बर   १४ का  ६ जना, वडा नम्बर १८ का ६ जना र वडा नम्बर १९ का २ जना रहेका छन् ।

  स्वास्थ्य अधिकृत उपाध्यायका अनुसार  धनगढी उपमहानगरपालिकामा अहिलेसम्म १ शय ३२ जना निको भैसकेका छन्  भने एक्टिभ संक्रमित  १५ महलिा र २१ पुरुष गरि ३६  जना रहेका छन्  



शनिबार ०६, भदौ २०७७ ०९:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.