नेकपा परित्याग गरी  १२० जना कांग्रेसमा प्रवेश

युग संवाददाता     1651 पटक पढिएको    

नेकपा परित्याग गरी  १२० जना कांग्रेसमा प्रवेश

 

बझाङ । जिल्लाको जयपृथ्वी नगरपालीका ७ अन्तर्गत पर्ने धौनाउ, ज्वाडा र छयाला गाउँ निवासी नेकपाका १२० जना नेता कार्यकर्ताले पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छ्न् । प्रवेश गर्नेमा पुर्व गाविस सदस्य विष्णु बोहरा र हरिलाल भण्डारी सहित १२० जनाले नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् ।

चुनावताका जनतालाइ विभिन्न किसिमका झुटा नारा र आश्वासन दिएर सत्तामा पुगेको नेकपा  दिनानुदिन कुर्सीको लुछाचुडी र भ्रष्टाचारमा लिप्त भएपछि उनीहरुले पार्टी परित्याग गरेको सार्वजनिक कार्यक्रममा बताएको नेपाली कांग्रेस बझाङका युवा नेता पुष्पराज रोकायाले बताए । 

पछिल्लो पटक कोरोना भाइरसका कारण जनतालाइ लकडाउनको नाममा घरभित्रै थुनेर सिंगो नेकपा स्वास्थ्य सामग्री तथा उपकरण खरिदमा कमिसनमा लागेको, कात्रोमा समेत कमिसन खाएको, भ्रष्टाचार संस्थागत गरि जनतालाई कोरोनाबाट मर्न छोडेपछि आफूहरुले नेकपा परित्याग गरेको उनीहरुले बताए ।

दुई तिहाइ बहुमतको नेकपा सरकार गठन भएको २७ महिना बितिसक्दा पनि नागरिकका गास,बाँस र सुरक्षाको ब्यवस्थापन गर्नुको सट्टा प्रधानमन्त्री ओलीले उखान टुक्कामै अनर्थको समय बर्बाद गरेको उनीहरुको आरोप छ ।

नेकपा परित्याग गरेका १२० जनालाइ नेपाली कांग्रेस बझाङका भुतपुर्व पार्टी सभापति एवं प्रतिनिधि सभा सदस्य निर्वाचन(२०७४ का उम्मेद्वार पृथ्वी बहादुर सिंहले पार्टी सदस्यता प्रदान गरेका थिए भने वर्तमान पार्टी सभापती हर्कजङ्ग बहादुर सिंह र पूर्व जिविस सभापती एवं नेपाली कांग्रेस महासमिती सदस्य चेतराज बजालले खादा तथा अबिर लगाइदिएर स्वागत गरे ।

कार्यक्रममा बोल्दै पृथ्वी बहादुर सिंहले नेकपाको चरित्र भनेकै ठूला ठूला भासण र आश्वासन दिएर सत्तामा उक्लिने अनि सत्तामा पुगेपछि आफन्त र नातागोताको ब्यवस्थापन गर्दै ब्यक्तिगत सम्पतिको आर्जनतिर लम्किने रहेको बताए ।

नवप्रवेशि सम्पुर्ण कार्यकर्ताहरुले पनि बीपी कोइरालाले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवाद नै मुलुकको सुन्दर भविष्यको मार्गदर्शन रहेको बताए ।

भ्रष्टाचारमा शून्य सहनशीलताको नारा दिएर सत्तामा पुगेका केपी ओली स्वयं आफै भ्रष्टाचारीहरुलाई जोगाउनमै उद्दत हुनुका साथै कात्रोमा समेत कमिसन खोज्ने नेकपाको प्रवृति र चुनावताका नेकपाले दिएका आश्वासन र घोषणापत्र बमोजिम एउटा काम पनि नगरेको भनी १२० जनाले आक्रोश ब्यक्त गरेका थिए । अब उप्रान्त नेपाली कांग्रेस पार्टी र भातृ संगठन भित्रै रहेर समाजको विकास र परिवर्तनका लागि निरन्तर काम गर्ने उनीहरुले प्रतिबद्धता जनाएका छन् ।



शुक्रबार ०५, भदौ २०७७ १०:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.