पहिरोमा परि एकै परिवारका चार सहित ६ जनाको मृत्यु

युग संवाददाता     1379 पटक पढिएको    

पहिरोमा परि एकै परिवारका चार सहित ६ जनाको मृत्यु


   कालिकोटमा पहिरोमा परि एकै परिवारका चार सहित ६ जनाको मृत्यु भएको छ । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको हो  ।

  अविरल वर्षासँगै खसेको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको  छ । पहिरोमा पुरिएका मृतकहरुको शव शुक्रबार बिहान निकालिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी श्यामबाबु ओलीयाले जानकारी दिए ।

 मृतकहरु मध्ये चारजना विष्ट परिवारका सदस्य र दुई जना छिमेकी रहेको प्रहरीले जनाएको छ ।



शुक्रबार ३०, साउन २०७७ ११:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.