आदर्श गाउँपालिकामा  घर भत्किदा चार जनाको मृत्यु

Yugnepal     677 पटक पढिएको    

आदर्श गाउँपालिकामा  घर भत्किदा चार जनाको मृत्यु

 डोटीको आर्दश गाउँपालिकामा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

आदर्श गाउँपालिका वडा नम्वर १ बाँजककनीमा घर भत्किएर स्थानीय लोक बहादुर लुहारकी श्रीमती, दुई छोरी र एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

लुहारकी ३५ बर्षकी श्रीमती विष्ना, ११ बर्षका छोरा पारस, छोरीहरु ७ बर्षीया छोरी सिरु र ४ बर्षिया जेनिशाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

घर भत्किएपछि अन्य ५ जना घाईते भएका छन् । द्धाइतेहरुके स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

घटना राति एक बजेको घटना हो । प्रहरीले ३ बजे मात्रै जानकारी पाएको र साढे ३ बजे टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 



मङ्गलबार २७, साउन २०७७ ०१:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.