कोरोना नियन्त्रणमा सरकार असफल कांग्रेस

युग संवाददाता     867 पटक पढिएको    

कोरोना नियन्त्रणमा सरकार असफल कांग्रेस

 

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको बताएको छ । सरकारले काम गर्ला र सुरक्षित हौंला भन्ने नठान्न आग्रह गर्दै भनेको छ, आफूलाई सुरक्षित राख्ने तरिका खोज्नुपर्‍‍यो ।’

कांग्रेसको कोभिड–१९ सम्बन्धी अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा। प्रकाशशरण महतले सरकार तथा मन्त्री निकट र टाढाका आधारमा कर्मचारी राख्ने गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व फितलो भएको बताए ।


सरकारले बनाएको उच्चस्तरीय संयोजन समिति पनि पूर्ण रुपमा असफल भएको उनले बताए ।

स्वास्थ्य सामाग्री खरिदमा भ्रटाचार गरेको र असफल भइसकेको नेतृत्वलाई राखिराख्न नहुने भन्दै उनले भने, सशक्त, डेडिकेटेड र इमान्दार नेतृत्व चाहिएको छ । यद्यपि यो सरकार नै इमान्दार छैन । त्यसैले धेरै आश गर्ने ठाउँ छैन । तर यो सरकार रहुन्जेल यही सरकारलाई साधन स्रोत दुरुपयोग नगर भन्नुपर्छ ।’

अघि भने, सरकारले गर्ला र सुरक्षित होऔंला भन्ने नठानौं । आफूलाई सुरक्षित राख्ने तरिका खोज्नुपर्‍यो । आफ्ना साथीभाइ, घरगाउँलाई सुरक्षित रहन भनौं ।’

उनले अनिवार्य मास्क लगाउन, एकअर्कामा भौतिक दुरी कायम राख्न, पटकपटक साबुन पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न र अत्यावश्यक काम पर्दा बाहेक सार्वजनिक स्थानमा नजान सबैलाई आग्रह गरेका छन् ।

कांग्रेसले पूर्ण रुपमा लकडाउन सम्भव नभएको बताएको छ । जहाँ संक्रमण देखिन्छ, त्यो क्षेत्रमा परीक्षण र सिल गर्ने विधि अपनाउनुपर्ने उसले बताएको छ ।

सीमा नाकामा कडाई तथा व्यवस्थित गर्न, निजी अस्पतालहरुलाई पनि कोरोना उपचारमा सहभागी गराउन र स्वास्थ्यकर्मीहरुको जोखिम भक्ता तत्काल उपलब्ध गराउन पनि कांग्रेसको कोभिडसम्बन्धी अनुगमन समितिले भनेको छ ।



सोमबार २६, साउन २०७७ ०५:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.