सदरमुकाम जोडने मार्तडी सडक एक महिना देखि अबरुद्ध

Yugnepal     697 पटक पढिएको    

सदरमुकाम जोडने मार्तडी सडक एक महिना देखि अबरुद्ध

  बाजुरा सदरमुकाम जोडने साँझे मार्तडी सडक एक महिना देखि अबरुद्ध रहेको छ । सडकका ठाउँ ठाउँमा पहिरो गएपछि असार अन्तीम देखि अबरुद्ध भएको सडक अझै खुल्न सकेको छैन ।

  लगातारको बर्षा सँगै आएको बाढि पहिरोले साँफे मार्तडी सडक खण्डको ताप्रिसेरा देखी तिपाडा सम्म ठाँउ ठाँउमा पहिरोले सडक अबरोध भएको छ । साँफे मार्तडी सडकको बल्दे देखी मार्तडी २२ भन्दा बढि ठाँउमा माथि र तल बाट पहिरो गएर सडक अबरोध भएको छ । एक महिना देखी सडक अबरोध भएपनि खुलाउन प्रयास भने कैतबाट हुन सकेको छैन् ।

  सडकको ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध बनेसंगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ । जिल्लालाई अन्य जिल्ला संग जोडने  एउटा मात्र  सडक एक महिना देखि बन्द भएपछि सदरमुकाम मार्तडी लगायत उत्तरी क्षेत्रमा चरम खाद्य संकट भएको छ ।

 पहिराले बुढिगंगा नगरपालिका १ अम्कोटमा सडक नै तहसनहस हुने गरी बिगारेको छ । ‘पानी आइरहेको छ, सडक त्यहि ठाँउमा ल्याउन निकै समस्या भएको छ’ बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले भने– ‘बैकल्पिक मार्गको खोजी भएपनि सडक बिभागले त्यो अहिले सम्भाबना नरहेको भनेपछि अर्को ठाँउबाट सडक खोल्न सकिएको छैन ।’ ठुलो पहिरो गएको बुढीगंगा नगरपालिकाको अम्कोट क्षेत्रमा सामान्य हिडडुल गर्न समेत बाटो छैन्, सडक खोल्न निकै समस्या भएको बुढिगंगा नगरपालिका मेयर दिपक बिक्रम शाहले वताए । उनले भने–‘सामान्य बजेटले यो सडक खोल्न सम्भव छैन, पुरै सकड नै तहस नहस भएको छ, माथिल्लो तहबाट नै पहल हुनु पर्छ ।’

 साँफे मार्तडी सडक खण्डको बडिमालिका नगरपालिकाको पानीनाउला, बल्दे, तिपाडा, लगायतका ठाउँमा सडकको माथि बाट पहिरो आएर पुरिएको छ भने तलबाट पहिरो गएर सडक भासिएको छ । दुई बर्ष देखी साँफे मार्तडी सड्क अबरुद्ध हुदै आएको थियो । सड्क जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको बाजुराका स्थानीय बताउँछन । गत बर्ष मात्र साँफे मार्तडी सडक ३ महिना  अबरुद्ध भएको थियो ।

 साँफे मार्तडी सडकको अधिकांस क्षेत्र बुढीगंगा नदिको किनारै किनार रहेकाले बढी जोखिम छ । हरेक बर्ष बर्षामा आउने पहिरो र बुढीगंगा नदिमा आउने बाढीले सडकलाई काटने गरेको छ । 

  बुढीगंगा नगरपालिकाका मेयर दीपकबिक्रम शाहले भने –‘बर्षातको त कुरै छोडौं, हिउँदमा समेत पानी पर्ने बित्तिकै सडक अबरुद्ध हुन्छ ।’ उनले सडकको बिकल्पका बारेमा सोच्नुपर्ने आवश्यक रहेको बताए । ‘सडक अबरुद्ध भएपछि बाजुराका उत्तरी क्षेत्रमा दैनिक उपभोग्य सामाग्रीको चरम अभाव भएको छ’ मेयर शाहले भने –‘अबरोध भएको ठाँउ बाटै सडक खुलाउने खोजे दशै यता सडक खुल्ने अबस्था छैन ।’



आइतबार २५, साउन २०७७ १२:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.