बझाङ्गमा अवैध गाँजाका बोट फँडानी

Yugnepal     880 पटक पढिएको    

बझाङ्गमा अवैध गाँजाका बोट फँडानी

प्रदिप मलासी 
 जिल्ला प्रहरी कार्यालय बझाङ्गले अवैध गाँजाका बोट  फँडानी गरेको छ ।
  बझाङ्गले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आज बझाङ्ग जिल्ला सदरमुकाम चैनपुरमा रहेका गाजाका बोट फँडानी गरेका  छन् । जिल्ला प्रहरी कार्यालय बझाङ्गले लागु औषध ,साइृवर अपराध,बाल बिवाह बहुबिवाह छाउपडी प्रथा,सरसफाई,सामाजिक अपराध लगाएतका बिभिन्न क्रियाकलापलाई फोकस गर्दै आएकोको उक्त बिषयमा जनचेतना जगाउने कार्यको रुपमा समुदाय प्रहरी साझेदारी कार्य संचालन भएको हो । 
०७७ कार्तिक ११ गते दखि प्रहरी प्रधान कार्यालयको निर्देशनमा संचालनमा आएको कार्यक्रमले जिल्लाका ११ स्थानीय तह २७० बिद्यालयमा समुदाय प्रहरी साझेदारी कार्यक्रमको बारेमा यस अधि जानकारी गराई सकेको र बिचमा कोरोना भाईरस काभिड १९ का कारण उक्त कार्य रोकिएको भए पनि आज सदरमुकाम चैनपुर छेउछाउमा रहेका गाजा बोट फडानी गरेर उक्त कार्य गरेको हो ।
सामाजिक संस्था ,स्थानीय तह ,पत्रकार बिद्यालय, प्रहरीको संयुक्त उपस्थितीमा गरिने उक्त कार्यक्रममा कहिले अन्तरक्रिया गोष्ठी सिमिनार सार्वजनिक सुनुवाई आदी कार्य गरेको छ ।



शनिबार २४, साउन २०७७ ०३:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.