तयारी अवस्थामा रहन झलनाथको कार्याकर्तालाई निर्देशन

Yugnepal     834 पटक पढिएको    

तयारी अवस्थामा रहन झलनाथको कार्याकर्तालाई निर्देशन


काठमाडौँ । बिवादको भूमरीमा रुमलिएको सत्तारुढ दल नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केही दिन भित्रै पार्टी बिभाजन हुने भएकाले तयारी अवस्थामा रहन आफ्ना निकट नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन ।

हरेक दिन पार्टीका केही आफ्ना भित्र्यिाहरुलाई बोलाएर अव प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले दुवै पदबाट राजिनामा नदिए कठालोमा समातेर भएपनि गलहत्याउने बताउदै आएका बरिष्ठ नेता खनालले पूर्व माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नेकपा रहने र ओली समूहलाई निस्कासन गर्ने बिषयमा प्रचण्ड, माधव नेपाल र आफुबीच सहमति भएकाले कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन । बुधबार खनालसंग भेटेका एक नेताले भने उहां पार्टी फुटाउन पुरै उत्साहित भएर लाग्नु भएको छ ।

अव केपी ओलीका दिन गए अव सरकारको नेतृत्व माधव कमरेडले गर्ने र पार्टीको नेतृत्व प्रचण्ड कमरेडले गर्ने लगभग सहमति भएको छ र अव मन्त्रिपरिषदमा पठाउने ब्यक्तिको समेत टुंगो लागेको खनालले बताएको ती नेताले जानकारी दिए । अहिले भारतपनि ओलीसंग चिडिएको छ अहिलेको अवस्था पनि आफुहरु अनुकुल हुदै गएकाले ओलीलाई पार्टीबाट हटाउने तयारी भएको खनालले कार्यकर्तालाई बताउर्दै आएका छन ।

खनालको कुरा सुनेर छक्क पर्दै बाहिरीएका ती नेताले भने हाम्रा शीर्ष नेताहरुलाई मुलुक र जनताको बारेमा कुनै चिन्ता भएको पाईन उनीहरु कसरी पद हत्याउने र एकले अर्कालाई सिध्याउने खेलमा लागेको पाएं । अव अर्को चुनावमा जनतासंग कसरी मुख देखाउने लाजमर्दो अवस्था आउने भयो ती नेताले भने ।नेपाल समाचार पत्रबाट 



बिहिबार २२, साउन २०७७ ११:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.