प्रदेश २ का आन्तरिक मामिला मन्त्रिमा कोरोना संक्रमण

Yugnepal     740 पटक पढिएको    

प्रदेश २ का आन्तरिक मामिला मन्त्रिमा कोरोना संक्रमण

   प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना सक्रमण पुष्टि भएको छ । बुधबार साँझ आएको रिपोर्टमा आफुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रि यादवले बताए ।

  गत साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा रिपोर्ट पोजेटिभ आएको उनले बताए । कोरोना संक्रमण पुष्टि भएपनि आफुमा कोरोनाको कुनै लक्षण नरहेको उनले बताए । साथै उनले आफुमा संक्रमण पुष्टि भएपनि डराउन पर्ने आवश्यकता नरहेको बताए । उनले भने– ‘हिजो मेरो रिपोर्ट पनि पोजेटिभ आएको छ तर यससँग डराउनु पर्ने आवश्यकता छैन् । सर्तकता अपनाई यससँग अहिले लडनु पर्ने आवश्यकता छ ।’

साथै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गराउन सबैसँग अपिल गरे । उनी अहिले मन्त्रालयको निवासममै आईसोलेशनमा बसेका छन ।



बिहिबार २२, साउन २०७७ ११:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.