म्यानचेस्टर युनाइटेडसहित को को पुगे युरोपा लिगको क्वार्टरफाइनलमा

Yugnepal     1243 पटक पढिएको    

म्यानचेस्टर युनाइटेडसहित को को पुगे युरोपा लिगको क्वार्टरफाइनलमा

 

काठमाडौं । इंगलिश प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार राति भएको प्रिक्वार्टरको दोस्रो लेगमा अष्ट्रियन क्लब लिन्जेर एथ्लेटिक स्पोर्ट्स क्लब ९एलएएसके० लाई २९१ गोल अन्तरले पराजित गर्दै युनाइटेड अन्तिम आठमा पुगेको हो ।

दोस्रो लेगको जितसँगै समग्रमा ७९१ को जितसहित युनाइटेड अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा युनाइटेडले ५–० को जित निकालेको थियो ।

खेलको ५५ औं मिनेटमा फिलिप विसिंगारले गोल गर्दै एलएएसकेलाई अग्रता दिलाएका थिए । तर ५७ औं मिनेटमा जेसी लिंगार्डले गोल गर्दै युनाइटेडलाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई २–१ गोल अन्तरको जित दिलाए ।

अब युनाइटेडले क्वाटरफाइनलमा डेनिस क्लब एफसी कोपनहेगनसँग खेल्नेछ ।

कोपनहेगन दोस्रो लेगमा टर्किस क्लब इस्तानबुललाई ३–० गोल अन्तरले हराएर समग्रमा ३–१ को जितसहित क्वाटरफाइनलमा पुगेको हो । 

त्यस्तै इटालियन क्लब इन्टर मिलान पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनिश क्लब गेटाफेलाई २–० गोल अन्तरले पराजित गर्दै इन्टर अन्तिम आठमा पुगेको हो ।

इन्टरलाई जित दिलाउन रोमेरो लुकाकु र क्रिस्टियन एरिक्सनले एक एक गोल गरे । अब क्वाटरफाइनलमा इन्टरले बायर लेवरकुसेन र रेन्जर्सबीचको विजेतासँग खेल्नेछ ।

पहिलो लेगमा जर्मन क्लब लेवरकुसेन ३–१ गोल अन्तरले अघि रहेको छ ।

त्यस्तै शाख्तर डोनेस्कले दोस्रो लेगमा वुल्फवर्गलाई ३–० गोल अन्तरले हराएर अन्तिम आठको यात्रा तय गरेको छ ।

पहिलो लेगमा २–१ गोल अन्तरको जित निकालेको डोनेस्कले समग्रमा ५–१ को जित निकालेको हो । 

बिहीबार राति प्रिक्वार्टरफाइनलका बाँकी चार खेल हुँदैछन् । बायर लिभरकुजेनले रेन्जर्ससंग, सेभियाले एएस रोमासंग, बाजलले इन्ट्रयाच्ट फ्रयांकफर्टसंग र वुल्भरह्याम्पटन वान्डेरर्सले ओलम्पियाकोससंग खेल्नेछ । 

क्वाटरफाइनलका खेलहरु अगस्ट १० तारिख राति हुनेछन् । 

फाइनल खेल अगष्ट २१ को राति पौने १ बजे हुनेछ । 



बिहिबार २२, साउन २०७७ ११:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.