सुदूरपश्चिममा थप ३३ जनामा कोरोना पुष्टि

Yugnepal     781 पटक पढिएको    

सुदूरपश्चिममा थप ३३ जनामा कोरोना पुष्टि

 पछिल्लो २४ घण्टाको अवधीमा सुदूरपश्चिममा थप ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको एक सय ७० जनाको कोरोना परीक्षणमा २६ पुरुष र ७ महिलागरी ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पता धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । 
 सूचना अधिकारी श्रेष्ठका अनुसार आज थपिएका संक्रमित हरुमा गोदावरी नगरपालिका ९ पुरुष र ५ महिला गरी १४ जना, कैलारी गाउँपालिकाका ६ पुरुष र एक महिला गरी ७ जना, अछामको बान्नीगढी जयगढ गाउँपालिका १० पुरुष, १ महिला गरी ११ जना र कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको हो ।

 सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार मंगलबार ३३ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको कुल संख्या चार हजार ६ सय ९१ पुगेको छ ।



मङ्गलबार २०, साउन २०७७ ०३:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.