गोदावरीमा -राजधानी तोकेपछि बन अतिक्रमण बढ्यो

Yugnepal     1032 पटक पढिएको    

गोदावरीमा -राजधानी तोकेपछि बन  अतिक्रमण बढ्यो

गोदावरीमा अझैं बन अतिक्रमण नियन्त्रण हुन सकेन
कैलालीमा बन अतिक्रमणको चुनौति बढ्दै
देशभरी कुल बन अतिक्रमणमध्ये कैलालीमा २१ प्रतिशत
राजधानी ताकेपछि बन तथा सडक किनारा अतिक्रमण बढ्यो

गोदावरीमा अझैं बन अतिक्रमण नियन्त्रण हुन सकेन

शेरबहादुर ऐर /अनुमोलदन खबर

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिकामा अझैं वन अतिक्रमण नियन्त्रण हुन सकेको छैन । चार महिना अघि हटाइएका घर टहराहरु सो क्षेत्रमा पुनः निर्माण हुने क्रम बढेको छ ।

गोदावरी नगरपालिकाको गाइमारा डाँडामा नौ महिनाअघि तीन वटा टहरा थिए । तीनवटै टहरालाई डिभिजन वन कार्यालयको सहयोगमा इलाका वन कार्यालय गोदावरीले हटाएको थियो । दुई पटक टहरा भत्काउँदा दुई वटा टहरा रहेको थियो ।

नेपाल सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत वर्ष चैत ११ गते देशभरी नै लकडाउन जारी गरेको थियो । लकडाउन जारी गरेपछि कैलालीमा काठ तस्करीसंगै वन अतिक्रमण बढेको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ ।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले भने– गोदावरी क्षेत्रमा बन अतिक्रमणसंगै काठ तस्करी पनि ह्वात्तै बढ्यो ।

उनले अतिक्रमण जति हटाउँदा पनि सफल नभएको बताए । उनले भने– ‘पटक–पटक हटाइरहेका छौं, तर पुनः सोही ठाउँमा आएर बसिहाल्छन् ।’

उनले स्थानीय प्रशासनसंगको समन्वयमा बन अतिक्रमण कार्यमा संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरिने बताए ।

पहाडदेखि यात्रा गर्ने यात्रुले शौचका लागि प्रयोग गर्ने डाँडा थियो ‘गाइमारा डाँडा ।’ शुरुमा व्यापारका लागि गाइमारा डाँडाको केही भाग काटेर एक स्थानीय वनकर्मीले प्रयोग गरे । विस्तारै दुई वटा टहरा थपिए । टहरा थपिने क्रम बढ्दै गएपछि वन कार्यालयले हटाएको थियो । तर, पुनः लकडाउन खुलेसंगै अहिले सो डाँडाको अर्को भागपट्टी एउटा अर्को टहरा निर्माण गरिएको छ ।

सडक किनारमा बसेकाहरू पछिल्लो समयमा सामुदायिक वनको सिमाना मिच्दै अगाडि बढिरहेको स्थानीय यज्ञबहादुर रावल बताउछन्् । ‘सामुदायिक वन र राष्ट्रिय वनभित्रै पसेर वन माफियाहरूले अतिक्रमण गरी घर टहरा बनाइसके’ उनले भने– यहाँ रातारात टहरा निर्माण भइरहेका छन्् ।

धनगढी–डडेल्धुरा सडक खण्डको गाईमारा क्षेत्रमा पनि व्यापक वन फडानी भएको बताउदै उनले ‘सडक किनारमा टहरा राखेर बसेका केही व्यक्तिले तलतिर खोरिया फडानी गरिसकेको’ बताए । खोरिया फडानी भएसंगै यहाँ बस्ती बसाउने चलखेल भइरहेको उनले बताए । जंगल किनारमा बसेकाहरूले आफूसँगै आफना नजिकका नातेदारलाई ल्याएर वनको सिमाना मिच्दै जमिन बढाउने गरेको उनी बताउँछन्् । उनले भने– टहरो मात्रै बनाएकाहरूले खुर्सानी तथा सागपात लगाउने भन्दै जंगलको सिमाना मिच्दै जमिन अगाडि बढाउन थालेका छन्् ।

कैलालीको गोदावरी क्षेत्रमा मात्र नभई राजमार्गको छेउछाउमा अहिले डाँडा काटेर टहरा तथा खोका निर्माण गर्ने क्रम बढेको छ । चुरे गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष तथा प्रवक्ता नरबहादुर तामाङले राजमार्ग क्षेत्र अतिक्रमण गर्ने क्रम बढेको बताए । उनले भने– तपाईंलाई यो कुरा भने वन अतिक्रमणलाई राम्रो भन्यो भन्नुहोला, तर पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेपछि मानिस सुरक्षित स्थान खोज्न सडक छेउछाउमै आएर अतिक्रमण गरेर बस्दै छन् ।

उनले वन अतिक्रमणको मुख्य कारणनै बाढी तथा पहिरो रहेको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले २०७५ साल असोज १२ गते तेघरी गोदावरीको जंगलमा प्रदेशको राजधानी तोकेपछि वनमाफियाहरूले वरपरको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण गर्ने क्रम बढेको बताइन्छ ।

गत असार महिनापछि यो क्षेत्र अतिक्रमणको उच्च चपेटामा परेको छ । हिजोआज राजधानी स्थल तोकिएको तेघरी जंगल नजिकै रहेको हनुमान मन्दिर क्षेत्र, गोदावरी आर्यघाट जाने क्षेत्र, चुनेपानी, समाधीगडा, भ्यागुत्तेपानी, बासपानी, गाईमारा क्षेत्र उच्च अतिक्रमणको चपेटामा परेका छन्् ।

यो क्षेत्रमा बाढी पीडित तथा सुकुम्बासीका नाममा जंगल छेउमा बस्दै आएकाहरू पछिल्लो समय सिमाना मिच्दै जमिन बढाउन थालेका छन्् ।

सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी नगरपालिकाको तेघरी जंगलमा राजधानी बनाउने घोषणा गरेसंगै जंगल किनारमा बस्दै आएकाहरू सामुदायिक तथा राष्ट्रिय वनको सिमाना मिच्दै जमिन बढाउन थालेका छन्् । विभिन्न वनमाफियाहरू आफू तथा आफन्तलाई लिएर वन क्षेत्रभित्रै टहरा बनाउन थालेका छन्् ।

अहिले आएर सामुदायिक वनको सीमा मिच्दै अतिक्रमण गर्नेहरू राजनीतिक दलको भोटर भएको बताउँदै स्थानीय रामचन्द्र अवस्थीले भने– राजनीतिक दल, सामुदायिक वनका अध्यक्ष लगायतको मिलेमतोमा नै बाढी पीडित र सुकुम्बासीका नाममा वन अतिक्रमण भइरहेको छ ।

उनले भने– बाढी पीडित, सुकुम्बासीका नाममा राजनीतिक दलको संरक्षणमा जंगल किनारमा बसेकाहरूले दैनिक वन क्षेत्र मिच्दै जग्गा बढाउन थालेका छन्् । अत्तरिया क्षेत्रमा त झनै वन क्षेत्र अतिक्रमण भइरहेको छ ।

डिभिजन वन कार्यालय धनगढीका अनुसार कैलालीमा अहिलेसम्म २१ हजार एक सय ५४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । देशभरमा एक लाख हेक्टर वनको क्षेत्रफल अतिक्रमणको चपेटामा परेको छ भने त्यसको २१ प्रतिशत वन क्षेत्र कैलालीमा मात्रै अतिक्रमण भएको छ । यो तथ्यांकले देशभरकै सबैभन्दा बढी कैलाली जिल्लामा वन क्षेत्र अतिक्रमण भएको देखिन्छ ।

मङ्गलबार २०, साउन २०७७ १२:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...

Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.