सुदूरपश्चिममा  ८७ जनामा कोरोना संक्रमण भएको पुष्टी

Yugnepal     972 पटक पढिएको    

सुदूरपश्चिममा  ८७ जनामा कोरोना संक्रमण भएको पुष्टी

 पछिल्लो २४ घण्टाको अवधीमा सुदूरपश्चिममा थप ८७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 
 पछिल्लो २४ घण्टाको अवधीमा कैलालीका ६७, कञ्चनपुरका १६ र अछामका ४ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 मन्त्रालयका प्रबत्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परिक्षण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा कैलालीका ३५ र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण पुष्टी भएको  छ भने भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 
 गौतमका अनुसार सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका ३१, कञ्चनपुरका ८ र अछामका ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्रालयका अनुसार सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ४९ रहेको छ । 



सोमबार १९, साउन २०७७ ०७:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.