सुदूरपश्चिममा थप १ सय ९४ मा कोरोना संक्रमण

Yugnepal     757 पटक पढिएको    

सुदूरपश्चिममा थप १ सय ९४ मा कोरोना संक्रमण

 

 सुदूरपश्चिम प्रदेशमा थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 
 राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, धुलिखेल अस्पलात धुलिखे, र सेती अस्पताल धनगढीको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्व गौतमका अनसार पछिल्लो २४ घण्टाको अवधीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा बझाङ ४३, अछाम २८ कैलाली ९ र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यसै गरी धुलिखेल अस्पताल धुलिखेलमा गरिएको परिक्षणमा कैलाली २७ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रबक्ता गौतमले बताए । 
 यसै गरी सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको कोरोना परिक्षणमा पछिल्लो २४ घण्टाको अवधीमा बझाङमा २५, कैलालीका ५३ र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सम्म सुदूरपश्चिममा १ हजार ६ सय ७५ जनामा सक्रिय संक्रमित रहेका छन् ।



शनिबार १७, साउन २०७७ ०५:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.