चुरे गाउँपालिका  ५  गुणी गाउँमा पहिरोले ८ घर बगायो

Yugnepal     935 पटक पढिएको    

चुरे गाउँपालिका  ५  गुणी गाउँमा पहिरोले ८ घर बगायो

 


धनगढी । कैलालीको चुरे गाउँपालिका–५ गुणी गाउँमा पहिरोले ८ वटा घर बगाएको छ । केही दिनदेखि लगातारको वर्षाका कारण बिहीबार दिँउसो पहिरो जाँदा गुणी गाउँका ८ घर बगाएको हो ।

चुरे गाउँपालिका–५ का वडाध्यक्ष नरबहादुर तामाङका अनुसार गुणी गाउँका स्थानीय हर्दिप धामी, पदम धामी, रगे धामी, रजी धामी, रग्य बोहरा, नरे बोहरा गरी ८ घर पहिरोले बगाएर लगेको छ ।

बिहीबार दिँउसो पहिरो गएका कारण मानबीय क्षति हुन नसकेको वडाध्यक्ष तामाङले बताए । पहिरो दिउँसो खस्यो, राती खसेको भए ठूलो मानवीय क्षति हुन्थ्यो उनले भने ।

पहिरोले गुणी गाउँका ८ घर परिवार पूर्ण रुपमा विस्थापित बन्न पुगेका छन् । उनीहरु अहिले नजिकै रहेका आफन्तको घरमा आश्रय लिएर बसिरहेको वडाध्यक्ष तामाङको भनाइ छ ।

पहिरोले घरहरु बगाएर लगेपछि घरभित्रका अन्नपात लगायतका सामानहरु समेत बगाएर लगेको पीडित पदमबहादुर धामीले बताए । घरबाहिर भएको बेला पहिरो आएकोले आफूहरुको ज्यान जोगिन पुगेको उनको भनाइ छ ।

पहिरो पीडित परिवारलाई चुरे गाउँपालिकाले शुक्रबार तत्कालका लागि प्रति परिवारलाई २५ किलो ग्राम चामल, दाल, नुनु लगायत अस्थायी बसोबासका लागि त्रिपालको व्यवस्था गरेको वडाध्यक्ष तामाङले जानकारी दिए ।



शुक्रबार १६, साउन २०७७ ०६:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.