सुदूरपश्चिममा एक सय १३ मा कोरोना संक्रमण

Yugnepal     740 पटक पढिएको    

सुदूरपश्चिममा एक सय १३ मा कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज एक सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४०, धुलिखेल अस्पतालको प्रयोगशाला ३४, सेती प्रादेशिक अस्पतालमा २६ र डडेल्धुरा अस्पतालमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कैलालीका १५ र बझाङका २५, धुलिखेल अस्पतालको धुलिखेल प्रयोगशालामा दार्चुलाका १६ र कञ्चनपुरका १८ जना तथा डडेल्धुरा अस्पतालको प्रयोगशालामा बैतडीका १० र डोटीका तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

यस्तै, सेती प्रादेशिक अस्पतालमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सेती प्रादेशिक अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै अस्पतालमा परिक्षण प्रयोगशालामा गरिएको २ सय ७१ स्वाव परिक्षण गरिएको थियो ।

जसमा कैलालीका २३, बझाङका २ र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

२४ घण्टाको अवधिमा संक्रमण पुष्टी भएका हरुमा ८ महिला र ८ पुरुष गरी धनगढीका १६ जना, १ महिला र ६ पुरुष गरी टिकापुरका ७ जना, बझाङको मष्टा गाउँपालिका वडा नम्बर १ र छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ७ का १÷१ जना तथा कञ्चनपुरको भिमदत्त नगरपालिका–१७ का एक जनामा कोरोना संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।



शुक्रबार १६, साउन २०७७ ०६:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.