कैलालीमा वर्षाको वितन्डा -  ६ हजार घर डुबानमा

Yugnepal     911 पटक पढिएको    

कैलालीमा वर्षाको वितन्डा -  ६ हजार घर डुबानमा


   लगातारको बर्षाका कारण आएको बाढीबाट कैलाली जिल्लामा तीन जना बेपत्ता भएका छन्  भने  ६  हजार  भन्दा  बढी  घर डुबनामा परेका छन् । बुधबार रातिबाट लगातार परेको पानीका  कारण  कैलालीको मध्य दक्षिणी  क्षेत्रमा पालिकाहरुमा  घरहरु  डुबानमा परेका हुन् ।

 जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भजनी नगरपालिकाको वडा नम्बर ८ सोनाफाटाका ठग्गु चौधरीको ११ बर्षको छोरा स्केल चौधरी, इश्वर शाही र  चक्र बिक बपत्ता भएका छन् । 

   बाढीबाट बगेका सानाफाटाकै हेमन्त शाही, बल बहादुर चौधरी र बिक्की शाहीको भने उद्धार गरिएको छ ।  

  जिल्ला प्रशासन कार्यालयका अनुसार भजनी नगरपालिकामा  १ हजार ८ शय ४० घर र जोशीपुर गाउपालिकामा २ हजार ३ शय १५ घर डुबानमा परेका छन् । त्यस्तै जानकी गाउँपालिकामा १ हजार घर, टीकापुर नगरपालिकामा १ हजार ६८ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए ।

   भजनी नगरपालिकामा डुबानमा परेको घरका सदस्यहरुलाई नजीकैका बिद्यालय र हुलाकी राजमार्गमा राखिएको जोशीले बताए ।



बिहिबार १५, साउन २०७७ ११:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.