राप्रपाबाट ३१ जनाले दिए सामुहिक राजिनामा कांग्रेसमा प्रवेश गर्ने

Yugnepal     1037 पटक पढिएको    

राप्रपाबाट ३१ जनाले दिए सामुहिक राजिनामा कांग्रेसमा प्रवेश गर्ने

 


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिल थापा र उनको समुहले नेपाली कांग्रेसमा प्रवेशको अन्तिम तयारी गरेका छन्। यसको लागि मार्ग प्रशस्त गर्दै थापा र उनी निकट नेता कार्यकर्ताहरुले राप्रपाबाट सामुहिक राजीनामा दिएका छन् । कांग्रेस प्रवेशका लागि सभापति शेरबहादुर देउवा सहित निकट व्यक्तिहरुसँग भइरहेको कुराकानीले पनि अब मूर्तरुप लिने भएको छ ।

शनिवार थापा सहित ३१ जना केन्द्रीय तथा जिल्ला तहका राप्रपाका नेताहरुले राप्रपाबाट संयुक्त राजिनामा दिएपछि आफ्नो समुहसहित कांग्रेस प्रवेश गर्दैछन् भन्ने चर्चाको पनि पुष्टी भएको छ ।

पिता सूर्य बहादुर थापाले २०४६ सालको राजनीतिक परिवर्तनसँगै खोलेको राप्रपा टुट्दै जुट्दै फेरि ३ अध्यक्ष भएको राप्रपामा रुपान्तरण भएको थियो । यहाँसम्म आइपुग्दा छोरा सुनिल थापा सो पार्टीबाट साथीहरुसहित निस्किएका हुन्। 

थापासँगै राप्रपाका उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य बिष्णुबिक्रम थापा, बाबुराम बस्नेत, बृजलाला यादवले पनि राप्रपा छाडेका छन् । त्यसैगरि राप्रपाका केन्द्रीय सदस्यहरु पदम हादुर बस्नेत, किरण गिरी, दिलिप राई, आशाराम चौधरी, चन्द्र कुमार घुण्डे गुरुङ, चतुरमान विश्वकर्मा, राम पदारथ शाह, नारायण राउत, पूर्व केन्द्रीय सदस्य बिरेन्द्र लाल कर्ण र संविधानसभा सदस्य राज्यलक्ष्मी श्रेष्ठले पनि राप्रपा छोडेका छन् ।    

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग दुई तीन चरण कुराकानी भएको थियो। देउवा उनलाई सहमहामन्त्री दिन तयार रहेको र पार्टी प्रवेश गर्नेहरुलाई उचित सम्मान दिने आश्वासन दिएपछि उनी निकटहरुले राप्रपाबाट सामुहिक राजिनामा दिएका हुन् । 

नेपाली कांग्रेस महाधिवेशनको संघारमा छ। महाधिवेशनको संघारमा थापालाई पार्टी प्रवेश गराइ पदाधिकारी दिएमा यसले महाधिवेशनलाई प्रभाव पार्न सक्ने आशंका कांग्रेसभित्र एकथरी नेताको छ । तर देउवा पक्षका नेताहरुले भने थापा कांग्रेसमा प्रवेश गरेमा यसबाट पार्टीलाई र समुहगत रुपमा पनि आफूहरुलाई फाइदा हुने विश्लेषण गरेका छन् । 

केहि समयअघीदेखि राप्रपाका औपचारिक कार्यक्रममा सहभागी हुन छोडेका थापा पार्टी कार्यालयमा पनि जान छोडेका थिए । उनी राप्रपा र राप्रपा९संयुक्त०वीच भएको पार्टी एकीकरण कार्यक्रममा सहभागी भएनन् । २०७६ फागुन २८मा राष्ट्रिय सभागृहमा तत्कालिन राप्रपा र राप्रपा ९संयुक्त०वीच भएको पार्टी एकीकरण कार्यक्रममा उनी सहभागी भएनन । यद्यपि, उक्त दिन उनी काठमाडौमै थिए । एकीकरण घोषणा हुँदा उनी आफनै घरमा बसेका थिए । स्रोतका अनुसार, थापालाई एकीकरण घोषणा कार्यक्रमा आउन तत्कालिन राप्रपा ९संयुक्त०का अध्यक्ष पशुपतिशसमेर राणाले त्यस दिन विहान टेलीफोन गरी पनि बोलाएका थिए । तर पनि उनी घोषणा कार्यक्रममा सहभागी भएनन् । 

एकीकृत पार्टीले राजतन्त्रको लाइन लिएकोमा उनले असहमति जनाउँदै आएका छन् । आफू निकट व्यक्तिहरुसँग उनले सोही कारण देखाएर आफू एकीकण सभामा नगएको बताउने गरेका छन् । थापा सुरु देखि नै राप्रपामा गणतन्त्रवादी हुन् । तर दुइ राप्रपाले गरेको सहमतिमा एकीकृत पार्टीले राजसंस्था सहित प्रजातन्त्रमा जाने सहमति गरिएको छ । यसअघि उनी सम्बद्ध पार्टी तत्कालिन राप्रपा ९संयुक्त०ले गणतन्त्रलाई स्विकार गरेको थियो । राप्रपा ९संयुक्त०का अध्यक्ष पशुपति शमसेर राणाले यसअघि पटक पटक सार्वजनिक रुपमै आफू गणतन्त्रबाट राजतन्त्रमा फर्कन नसक्ने बताउने गरेका थिए । तर अब उनी गणतन्त्रबाट राजतन्त्रमा फर्कने भएका छन् । 

राजतन्त्रलाई स्विकार गर्ने कि नगर्ने भन्ने विषयमा राप्रपा र राप्रपा ९संयुक्त०वीचको एकीकरण प्रक्रिया धेरै लामो समयदेखि टुंगो लाग्न सकेको थिएन । राणा गणतन्त्रबाट राजतन्त्रमा फर्के पछि एकीकरण प्रक्रिया सहज भयो, राप्रपाका एक नेता बताउछन् । स्रोत भन्छ, गणतन्त्रबाट राजतन्त्रमा फर्कने विषयमा सुनिल सहमत छैनन् । स्रोत भन्छ, राप्रपा र राप्रपा ९संयुक्त० एक भए पनि एकीकृत पार्टी गणतन्त्रबाट राजतन्त्रमा फर्कन नहुने अडान थापाले राखेका थिए । तर राणाले थापाको अडानलाई त्यती महत्व दिएनन् । त्यसपछि थापा राणासँगको सामिप्यबाट उनी टाढा हुँदै गए–थापा निकट स्रोतले बतायो।  

राप्रपाबाट राजिनामा दिनुअघी उनले कांग्रेस सभापति  देउवा बाहेक कांग्रेस नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा। सशांक कोइरालासँग पनि भेट गरेका छन् । यसैगरी थापाले प्रकाशमान सिंहसँग पनि कुराकानी गरेका छन् । २०४६को परिवर्तन पछि सुनिल थापाका पिता सूर्यबहादुर थापाले राप्रपा स्थापना गरेका थिए । 



आइतबार ११, साउन २०७७ ११:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.