सुदूरपश्चिममा थप ८ जनामा  कोरना भएको पुष्टी

Yugnepal     1026 पटक पढिएको    

सुदूरपश्चिममा थप ८ जनामा  कोरना भएको पुष्टी


 सुदूरपश्चिम प्रदेशमा एकैदिन १५ जनामा कोरोनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

 धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा ७ र डडेलधुराको कोरोना परिक्षण प्रयोगशालामा ८ गरी बुधबार १५ जनामा संक्रमण पुष्टी भएको हो ।

 पछिललो २४ घण्टाको अवधीमा डडेल्धुरा प्रयोगशालामा गरिएको स्वाव परिक्षणमा डोटीका सात र बझाङका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

 बुधबार नै सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना परिक्षण  प्रयोगशालामा गरिएको एक सय ९१ जनाको स्वाव परिक्षणमा ७ जनामा संक्रमण पुष्टी भएको थियो । सेती प्रयोगशालामा गरिएको परिक्षण अनुसार  बुधबार थपिएका संक्रमितहरुमा धनगढी उप–महानगरपालिका–१२ का ५३ बर्षीय पुरुष र वडा नम्वर १९ की १८ बर्षीया युवती रहेका छन् ।

 यसै गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का चार बर्षीया बालिका र २४ बर्षीया युवती, बेदकोट नगरपालिका– ४ का २२ बर्षीया युवती र ५२ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको मेडिकल सुपरिटेण्डेण्ट पाण्डेले बताए । यस्तै बझाङको छवि सपाथिभेरा गाउँपालिका– ६ का २० बर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको उनले बताए । यो संगै सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमण हुनेको संख्या चार हजार एक सय ४२ पुगेको छ ।



बुधबार ०७, साउन २०७७ ०५:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.