प्रदेशको राजधानी धनगढीमा राखिएका बम नेपाली सेनाद्धारा डिष्पोज

Yugnepal     989 पटक पढिएको    

प्रदेशको राजधानी धनगढीमा राखिएका बम नेपाली सेनाद्धारा डिष्पोज

 

धनगढी  विप्लव निकट नेकपा माओवादीले सुदूरपशिचम बन्दको घोषणा गरेको छ । यसै क्रममा मंगलवारबिहानै धनगढी स्थित सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद बस्तु फेला परेका थिए । यिस सबै ठाउँमा राखिएका शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिष्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए ।

   उनका अनुसार सबै ठाउँमा प्रेशर कुकर भित्र शंकास्पद बस्तु राखिएको थियो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा नजिक प्रेशर कुकर भित्र शंकास्पद बस्तु राखिएको  थियो । अहिले धनगढी र आसपासको सुरक्षा ब्यबस्था कडा पारिएको प्रहरी नायव उपरिक्षक बिष्टले जानकारी दिए ।

 सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा सुरक्षाकर्मीको वाक्लो उपस्थिती रहेको छ ।

  सरकारले धमाधम पार्टीका नेता तथा कार्यकर्ता समातेर दुःख दिन थालेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द नेतृत्वले आज बन्दको घोषणा गरेको छ । आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरी रहेको भन्दै विप्लव पार्टी सेती–महाकाली ब्यूरोले आज सेती महाकाली बन्दको घोषा गरेको हो ।

 सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेका आफ्ना नेताकार्यकर्ता रिहा नगरेको भन्दै सेती महाकाली ब्यूरोले पूर्व निर्धारित कार्यक्रम अनुसार सुदूरपश्चिम बन्दको घोषणा गरेको हो ।

 विप्लव सेती महाकाली ब्युरोले बिहीबार सार्वजनिक गरेको कार्यक्रम अनुसार साउन ३ गते प्रचारप्रसार गर्ने, ४ गते कोणसभा गर्ने, आज मशाल जुलुस गर्ने र भोली ६ गते सेती महाकाली बन्द र ६ गतेदेखि ८ गतेसम्म सरकारी सवारी सञ्चालनमा प्रतिबन्ध गरिने उल्लेख गरेको थियो ।



मङ्गलबार ०६, साउन २०७७ ०४:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.