साउन भगवान महिनामा शिवको आराधना  किन गरिन्छ ?

Yugnepal     242 पटक पढिएको    

साउन भगवान महिनामा शिवको आराधना  किन गरिन्छ ?

 

साउन, अर्थात भगवान शिवको आराधना गर्ने महिना । साउनको सोमबार अरु विशेष मानिन्छ । त्यसो त शिवको अनेक रुप छन् । अनेक नाम छन् । शंकर, भोलेनाथ, महादेव, आदिनाथ । यस्ता थुप्रै नामले भगवान शिवलाई पुकारिन्छ । भगवान शिवको स्वरुप जति अर्थपूर्ण छ, उनको नाम उत्तिकै रहस्यमयी पनि । अतः यहाँ भगवान शिवको ३५ रहस्य उल्लेख गरिएको छ ।

आदिनाथ शिव


सर्वप्रथम शिवले नै धर्तीमा जीव्नको प्रचार–प्रसार गरिएको मानिन्छ । त्यसैले उनलाई ‘आदिदेव’ भनिएको हो । आदिको अर्थ प्रारम्भ । आदिनाथ हुनुको कारण उनको एक नाम आदिश पनि हो ।

 शिवको अस्त्र–शस्त्र

शिवको धनुष पिनाक, चक्र भवरेन्दु र सुदर्शन, अस्त्र पाशुपतास्त्र र शस्त्र त्रिशूल हो । यि सबैको उनले नै निर्माण गरेको मान्यता छ ।

शिवको नाग

शिवको गलामा नाग देखिन्छ । अर्थात नागको माला लगाएको देखिन्छ । उक्त नागको नाम वासुकि हो । वासुकिको ठूलो दाजुको नाम शेषनाग हो ।

शिवको अद्र्धाङ्गिनी

शिवको पहिलो पत्नी सतीले नै अर्को जन्ममा पार्वतीको रुपमा जन्म लिएकी थिइन् । उनलाई उमा, उर्मि, काली पनि भनियो ।

 शिवको पुत्र

शिवको प्रमूख ६ पुत्र थिए, गणेश, कार्तिकेय, सुकेश, जलन्धर, अयप्पा र भूमा । सबैको जन्मको कथा रोचक छ ।

 शिवको शिष्य

शिवका सात शिष्य थिए । जसलाई प्रारम्भिक सप्तऋषि मानियो । यी ऋषिले शिवको ज्ञान सम्पूर्ण धर्तीमा प्रचार गरेका थिए । त्यहीबाट भिन्न भिन्नै धर्म र संस्कृतिको विकास भएको मानिन्छ । शिवले नै गुरु र शिष्य परम्पराको सुरुवात गरेका थिए । शिवको शिष्य हो, बृहस्पति, विशालाक्ष, शुक्र, सहस्राक्ष, महेनद्र, प्राचेतस मनु, भरद्वाज । यसका साथै आठौं गैरशिरिस मुनी पनि थिए ।

शिवको गण

शिवले गणमा भैरव, वीरभद्र, मणिभद्र, चन्दिस, नन्दी, शृंगी, भृगिरिटी, शैल, गोकर्ण, घन्टाकर्ण र विजय प्रमुख हुन् । यसका साथै पिशाच, दैत्य र नाग नागिन, पुश पनि शिवको गण मानिन्छ । शिवगण नन्दीले कामशास्त्रको रचना गरेको पाइन्छ । कामशास्त्रको आधारमै कामसूत्र लेखिएको थियो ।

शिव पञ्चायत

भगवान सूर्य, गणपति, देवी, रुद्र र विष्णु यी शिव पञ्चायत भनिन्छ ।

 शिवको द्वारपाल

नन्दी, स्कन्द, रिटी, वृषभ, भृंगी, गणेश, उमा महेश्वर र महाकाल ।

शिव पार्षद

जसरी जय र विजय विष्णुको पार्षद हुन् । उसैगरी बाण, रावण, चन्ड, नन्दी, भृंगी आदि शिवको पार्षद हुन् ।

सबै धर्मको केन्द्र शिव

शिवको वेशभूष यस्तो छ कि, प्रत्येक धर्मको मान्छेले त्यहाँ आफ्नो प्रतिक खोज्न सक्छन् । मुशरिक, यजीदी, साबिईन, सुबी, इब्राहीमी धर्ममा शिव हुनेको छाप स्पष्ट रुपमा देख्न सकिन्छ । शिवको शिष्यले एक यस्तो परम्पराको सुरुवात गरेका थिए, जो पछि गएर शैव, सिद्ध, नाथ, दिगंबर, सूफी सम्प्रदायमा विभक्त भयो ।

 देवता र असुर दुबैको प्रिय शिव

भगवान शिवलाई देवता र असुर, दानव, राक्षस, पिशाच, गन्धर्व, यक्ष आदि सबैले पूजा गर्छन् । ऊ रामलाई पनि वरदान दिन्छ, रावणलाई पनि । उनले भस्मासु, शुक्राचार्य आदि केही असुरलाई बरदान दिएका थिए । शिव, सबै आदिवासी, वनवासी जाति, वर्ण, धर्म र समाजको सर्वोच्व देवता हो ।

 शिव चिन्ह

वनवासीदेखि लिएर सबै साधरण व्यक्तिले जुन चिन्हको पूजा गरिन्छ, ति पत्थरको ढोल, बटिया शिवको चिन्ह मानिन्छ । यसका साथै रुद्राक्ष, त्रिसुललाई पनि शिवको चिन्ह मानिनछ । कसैले डमरु र अद्र्ध चन्द्रलाई शिवको चिन्ह मान्छन् । अहिले धेरैजसोले शिवलिंग अर्थात शिवको ज्योति पूजा गर्छन् ।

के हो शिव स्वरुपको अर्थ रु

शिव भगवान भन्नसाथ कम्मरमा बाघको छाला बाँधेका, एक हातमा डमरु र अर्कोमा त्रिसुल बोकेका, सर्पको माला लगाएका, तीन नेत्र भएका, जटाधारी आकृति सम्झन्छौ । आखिर शिव भगवानलाई यस्तो रुप दिनुको के अर्थ होला रु

शिव स्वरुपको रचना विशिष्ठ एवं अर्थपूर्ण छ । शिवजीको जटालाई वायुमण्डल, त्यसमा सिउरिएको चन्द्रमालाई मन, डमरुलाई ध्वनी एवं संगीतको प्रतिक मानिएको छ । उनले कम्मर मुनी बाघको छाला बाँधेका छन् । बाघ हिंसाको प्रतिक हो ।

त्यसलाई कम्मरमुनी बाँध्नुको अर्थ हिंसालाई दबाउनुपर्छ भन्ने हो । त्यस्तै, शिवजीको आकृतिमा समानन्तर तीन वटा आँखा हुन्छ । बीचको तेस्रो आँखालाई अलौकिक सृष्टिको प्रतिक मानिन्छ । त्रिसुलको तीनवटा शूलले उदय, संरक्षण र विनासको संकेत गर्छ । सर्पले पर्यवरणमा रहेको विषाक्त पदार्थलाई आफ्नो गलामा समाहित गर्छ । शिवजीले सर्पको माला लगाउनुको अर्थ पनि पर्यावरणको शुद्धतासँग जोडिएको छ । अनलाइनखबरबाट साभार



शनिबार ०३, साउन २०७७ ०९:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019
Anubhabi Technologies Pvt. Ltd.