सिन्धुपाल्चोको भोटेकोशीमा पहिरो घर बगाउँदा पाँच जना बेपत्ता

Yugnepal     729 पटक पढिएको    

सिन्धुपाल्चोको भोटेकोशीमा पहिरो  घर बगाउँदा पाँच जना बेपत्ता
फाइल–बाह्रबीसे बाढीपहिरो ।

 

सिन्धुपाल्चोक । बुधबार राति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् । 

राति १ः३० बजे वर्षासँगै झरेको पहिरोमा घर परेको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए । 

पहिरोमा परी दुई घरका पाँच जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए । प्रहरी घटनास्थलमा अझै पुग्नसकेको छैन । 

यसअघि गएको हप्ताको बुधबार राति बाह्रबिसेमा गएको पहिरोमा परी दुई जनाको ज्यान गएको थियो भने २० जना बेपत्ता भएका थिए । 

बेपत्ता अहिलेसम्म भेटिएका छैनन् । खोलाले बगाएर लगेको हुन सक्ने आशंकासमेत गरिएको छ । 



बिहिबार ०१, साउन २०७७ १२:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.