विद्युतको विलमा गडबडीः उपभोक्ताहरूको गुनासो

Yugnepal     1019 पटक पढिएको    

विद्युतको विलमा गडबडीः उपभोक्ताहरूको गुनासो


धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का स्थानीय गणेशबहादुर बोहराको छ सय ७३ युनिट विद्युत चलेको भनि बिल थमाइयो । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण शाखाले थमाइएको विलमा ११ हजार एक सय ९८ रुपैयाँ उल्लेख छ ।

सामान्यतया नेपाल विद्युत प्राधिकरणले पाँच एम्पियरको चार सय भन्दा माथिको प्रति युनिट १३ रुपैया र न्यूनतम रकम दुई सय तोकिएको छ । तर, उनलाई थमाइएको बिल अनुसार प्रति युनिट १६ रुपैयाँ परेको छ । न्यूनतम ८४ देखि एक सय ३२ युनिट विद्युत प्रयोग हुँदै आएकोमा दुई महिनाको छ सय ७३ युनिट आएपछि उनी छक्क परे ।

धनगढीका केशवराज उपाध्यायको विद्युत प्राधिकरणले तीन महिनाको १६ हजारको बिल थमाएको बताए । उनले भने– विद्युत कार्यालयले १६ हजारको बिल दियो । कार्यालयबाट पुनः चेक गराउँदा त्यसको आधा आठ हजारमात्र आयो ।

उनले विलकै आधारमा भुक्तानी गर्दा दोब्बर तिर्नुपर्ने बाध्यता हुने बताए । उनले भने– बिलमा भर नगरी खोज नगर्नेले त सबै रकम तिरे होलान ।

लम्कीचुहा नगरपालिकाका रमेश कुश्मीले पाँच सय रुपैया तिर्नुपर्नेमा एक हजार रुपैया तिरेको गुनासो गरे ।

धनगढी वडा नम्बर ५ का गगन अयडीले भने– तीन महिनाको मात्र तीन हजार पाँच सय शुल्क आएको छ । तर मेरो मासिक शुल्क बढीमा दुई सय ५० रुपैयाँ आउने गरेको थियो । लकडाउनको समयमा धेरै शुल्क लिएको छ, प्राधिकरणले ।

माथिका यी केही प्रतिनिधीमुलक उदाहरणमात्र हुन । अहिले विद्युत प्राधिकरणले घरमै नपुगि मिटर नै अध्ययन नगरी मनलाग्दी शुल्कको बिल पठाइरहेको गुनासो बढीरहेको छ ।

सरकारले चैत ११ गतेदेखि लकडाउन जारी गरेको थियो । ‘लकडाउनका कारण मानिस सबै घरभित्रै बसे । आम्दानीको स्रोत त थिएन झन यसैमा मनलाग्दी बिल पठाएर आर्थिक भार गरायो प्राधिकरणले’ अयडीले भने ।

धनगढीका उपभोक्ताले अस्वभाविक शुल्क लिन नहुने भन्दै प्राधिकरणलाई शुल्क फिर्ता गर्न माग गरेका छन् । धनगढीका श्याम पडालले भने– यो बिद्युत आतंक देशभरी नै हो कि क्याहो जेठ महिनामा लक डाउनले पसल बन्द थिए, तर पनि बर्ष भरिको तिर्नु पर्ने बिल भन्दा चौबर बढि पैसा लियो ।

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले समेत लकडाउनमा घर–घरमा गएर रिडिङ नगरिएकाले यस्तो समस्या भएको बताए । उनले भने, ‘लकडाउनमा घर–घरमा गएर मिटर रिडिङ गर्ने अवस्था थिएन । कर्मचारी पनि विदामा थिए । केन्द्रीय कार्यालयको निर्देशन अनुसार अनुमानको आधारमा शुल्क लिएका हौँ । बढी लिइएको शुल्क अर्को महिनामा मिलान गर्ने छौ । ग्राहकले मिटरको नम्बर ल्याए हुन्छ ।’



मङ्गलबार ३०, असार २०७७ १२:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.