बैंक किस्ता र कर तिर्न ताकेता गरेको विरोधमा सुर्खेतका व्यवसायी आन्दोलित

Yugnepal     659 पटक पढिएको    

बैंक किस्ता र कर तिर्न ताकेता गरेको विरोधमा सुर्खेतका व्यवसायी आन्दोलित

 

 

सुर्खेत । सरकारले कर तिर्न र बैंकहरुले ऋणको किस्ता तिर्न ताकेता गरेको विरोधमा सुर्खेतका उद्योगी व्यवसायीहरुले चरणबद्धरुपमा आन्दोलन घोषणा गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघले अगुवाइमा व्यवसायीहरुले आन्दोलन घोषणा गरेका हुन् ।

संघले उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतको संयोजकत्वमा संयुक्त संघर्ष समिति नै गठन गरेको छ ।


संघर्ष समितिले व्यवसायीहरुका समस्याहरुलाई राखेर आइतबार दिउँसो विरोध ¥यालीसहित राष्ट्र बैंकको कार्यालयमा पुगेर मागपत्र बुझाइ एक घन्टा धर्ना दिने कार्यक्रम तय गरेको छ । त्यसपछि अर्को चरणको आन्दोलन घोषणा गरिने संयोजक बस्नेतले बताए ।

संघका महासचिव लक्ष्मण कँडेलले सरकारले लकडाउन केही खुल्ला बनाएदेखि बैंकका कर्मचारीहरुले ऋणको किस्ता तिर्न निरन्तर फोन गरिरहेको बताए ।

संघका कोषध्यक्ष भद्र भण्डारीले अरु बेला बैंकलाई समयमा किस्ता तिरिरहे पनि लकडाउनमा व्यापार व्यवसाय ठप्प हुँदा कसरी तिर्ने भन्ने चिन्ता लागेको बताए । उनले व्यवसायीहरुलाई किस्ता तिर्ने कम्तीमा ५÷६ महिनाको समय दिनुपर्ने माग गरे ।

कोरोना महामारीबाट आक्रान्त भएर व्यापार व्यवसाय ठप्प भएको बेला न्यूनतम मानवीय संवेदनाको समेत ख्याल नगरी व्याज, किस्ता र कर तिर्न दबाव दिएको भन्दै व्यवसायीहरु असन्तुष्ट छन् । लामो लकडाउबाट प्रभावित निजी क्षेत्रलाई सरकारले राहतको प्याकेज दिनुपर्ने व्यवसायीहरुको माग छ । अनलाइनखबरबाट साभार



आइतबार २८, असार २०७७ ११:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.