सुदूरपश्चिम प्रदेशसभा -प्रतिपक्षीकाे बिराेधबिच बजेट पारित

Yugnepal     942 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशसभा -प्रतिपक्षीकाे बिराेधबिच बजेट पारित

 

 


धनगढी । सुदूरपश्चिम प्रदेशकाे अर्थिक वर्ष २०७७/७८ काे बजेट पारित भएकाे छ । बुधबार बसेकाे छैठाैं अधिवेशनकाे २५ अाैं बैठकमा प्रतिपक्षी दलहरूकाे नाराबाजी र विराेधबिच सभामुखले बजेट पारित भएकाे घाेषणा गरेका हुन ।

असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्व ३८ करोड १३ लाख ४८हजार बराबरको बजेट प्रस्तुत गरेका थिए ।

सभामुखले सुदूरपश्चिम प्रदेशकाे राजश्व र व्याय अनुमान बजेट तथा उक्त सम्बन्धीत अर्थ सम्बन्धी प्रस्तावलाइ कार्यान्वयन गर्न बनेकाे विधेयककाे अंग बनेकाे घाेषणा गरे ।

बजेट पारित अघि अार्थिक मामिला तथा याेजना मन्त्री झपट बहादुर बाेहराले बैठकमा उठेका जज्ञासाबारे प्रष्टयाएका थिए ।

बैठकमा प्रदेश सभा सदस्य महेशदत्त जाेशीले धारणा व्यक्त गरेका थिए । प्रदेश सभा सदस्य जाेशीले छलफल अवरूद्ध गर्नु नहुने सुझाव दिए । उनले बजेटमा मानविय, प्राविधिक र छपाइमा पनि त्रुटी भएकाे तर, सरकारले सच्याउने वाचा गरेकाे बताए ।

उनले बजेट सर्वसम्मत ढंगले अाजै पारित गर्नुपर्ने माग गरे । उनले याे बजेट उत्कृष्ट भएकाे बताए । उनले प्रतिपक्षी दलहरू पनि बजेटमा सन्तुष्ट भएकाे तर्क गरे ।

बजेटले स्वास्थ्य क्षेत्र प्राथमिकतामा र राेजगारी, कृर्षि पनि प्राथमिकतामा राखेकाे बताए ।

उनले बजेट कार्यान्वयनमा ढिलाइ भयाे भने प्रदेश प्रमुखसम्म हष्ताक्षर गरेर बुझाउने बताए । उनले प्रतिपक्षी दलका निर्वाचन क्षेत्रमा बढी गएकाेले अर्थिक मामिला तथा याेजना मन्त्रीविरूद्ध अालाेचना नगरेकाे बताए ।

प्रतिपक्षी दलहरूले संसदीय मर्यादा कायम गर्नुपर्ने, संसदकाे अपमान गर्न नपाउने, काेराेनामा भएकाे खर्च सार्वजनिक गर लगायतका माग राख्दै नाराबाजी गरेका थिए ।

 



बुधबार २४, असार २०७७ ०६:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.